Trending
Prev Story
Next Story

चांगानले सार्वजनिक गर्‍यो ‘एसडीए पाइलट’

Ekantipur •
November 18, 2026 • 02:02 PM
2
2 reads 0 reactions

कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा यो प्रणाली सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

चांगानले सार्वजनिक गर्‍यो ‘एसडीए पाइलट’

कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा यो प्रणाली सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ — चिनियाँ सवारी उत्पादक कम्पनी चांगान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरेको अत्याधुनिक चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ ।

कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा यो प्रणाली सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीको बौद्धिक सवारी प्रविधि विकास गर्ने टोली केही इन्जिनियरबाट सुरु भएर अहिले ७ हजार ५ सयभन्दा बढी विशेषज्ञ सम्मिलित टोलीका रूपमा विस्तार भएको चांगान समूहका अध्यक्ष झु ह्वारोङले बताए ।

यस क्षेत्रमा कम्पनीले हालसम्म ७ अर्ब ७० करोड युरोभन्दा बढी अनुसन्धान तथा विकासमा लगानी गरिसकेको उनको भनाइ छ ।

प्रणालीमा समावेश सक्रिय दूरी मापन तथा प्रतिसेकेन्ड १० पटक विश्लेषण गर्ने प्रविधिले कम उज्यालो, तीव्र प्रकाश, वर्षा र कुहिरोजस्ता प्रतिकूल अवस्थामा समेत सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

एसडीए पाइलटमा दृश्य र आवाज दुवै बुझ्न सक्ने बहुआयामिक कृत्रिम बौद्धिकता प्रणालीमार्फत अन्तरक्रियात्मक मार्गनिर्देशन सुविधा पनि उपलब्ध छ ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612