Trending
Prev Story
Next Story

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

Ekantipur •
November 18, 2026 • 09:32 AM
2
2 reads 0 reactions

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदैछिन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदैछिन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो

मनिला — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री साने ताकाइचीसँग भेट गरेका छन् । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा दुईबीच कुराकानी भएको हो ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गरेको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदैछिन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

ताइवानसम्बन्धी उनको विवादस्पद अभिव्यक्तिपछि चीनसँग पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । जसकारण, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ ।

यद्यपि, सञ्चारमाध्यमका अनुसार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ । रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन् ।

जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता …

#चीन #एसिया #ट्रम्प
Compare →
Hamro Patro News
2d ago
चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले आफ्ना राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच यही नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ। तीन प्रमुख ...

#चीन #ट्रम्प #भेटवार्ता
Compare →
Bizshala
4h ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन #ट्रम्प
Compare →
Nagarik News
1d ago
ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्

ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्

सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।

#चीन #ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2612