Trending
Prev Story
Next Story

चीन भ्रमणमा रहेको रास्वपा टोली के गर्दैछ ?

Ekantipur •
November 18, 2026 • 09:32 AM
2
2 reads 0 reactions

सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव गरेको छ ।

चीन भ्रमणमा रहेको रास्वपा टोली के गर्दैछ ?

सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव गरेको छ ।

काठमाडौं — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका ५ क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो ।

भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख सहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्धता जनाए । उनले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए । महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो ।

भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै, राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्‍याउनुपर्नेमा जोड दिएको थियो । नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
रास्वपा टोलीलाई चीनमा भव्य स्वागत,स्वदेशमा प्रश्न

रास्वपा टोलीलाई चीनमा भव्य स्वागत,स्वदेशमा प्रश्न

चीनको १० दिने औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डललाई चिनियाँ कम्युनिष्ट पार्टीले स्वागत गरेको छ ।

#रास्वपा #चीन
Compare →
Onlinekhabar
6h ago
कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

१ मंसिर, विराटनगर । प्रतिनिधिसभा निर्वाचनपछि केन्द्रीय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा संगठन विस्तार अभियान तीब्र बनाइरहँदा संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपाले भने स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ । रास्वपा कोशी प्रदेश …

#रास्वपा #गर्दैछ
Compare →
Nagarik News
1h ago
चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

कपाल झर्ने र तालुपनको समस्याबाट चिन्तित व्यक्तिहरूका लागि वैज्ञानिकहरूले नयाँ प्रविधिको विकास गरेका छन्।

#चीन
Compare →
Bizshala
4h ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612