Trending
Prev Story
Next Story

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणमा मुख्य योजनाकार पक्राउ

Nagarik News •
November 18, 2026 • 08:28 AM
2
2 reads 0 reactions

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्।

1 / 2
Swipe Photos

सुनसरीको धरानमा रहेको बराह सहकारीको साढे पाँच अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो।

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्। उक्त प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको उनको भनाइ छ।

गुरुङले धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वी नेपालका सहकारी पीडित बचतकर्ताको समस्याबारे जानकारी पाएको उल्लेख गरेका छन्।

अभियन्ताका रूपमा रहँदा र जेनजी आन्दोलनपछिका प्रयासमा तत्कालै पीडितलाई न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि यस विषयमा अनुसन्धान र खोजी तीव्र पारिएको उनले बताएका छन्।

उनका अनुसार बराह सहकारीमा भएको ठूलो रकम हिनामिनाबाट प्रभावित बचतकर्तालाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया पनि अघि बढाइने उनले बताएका छन्।

सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनाले पूर्वी नेपालका बचतकर्तालाई प्रभावित पारेको छ। मुख्य योजनाकार भनिएका विश्वकर्माको पक्राउसँगै घटनामा संलग्न अन्य व्यक्तिको भूमिका र रकम अपचलनको थप विवरण अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २ मंसिर २०८३ १४:१३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
34m ago
बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

काठमाडौँ- धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सन्जालमार्फत जानकारी...

#सहकारी #बराह #योजनाकार
Compare →
Onlinekhabar
4d ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#सहकारी
Compare →
Arthasansar
1w ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#प्रकरण
Compare →
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#हिनामिना
Compare →

Related Stories

Technology
Build #2612