Trending
Prev Story
Next Story

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

Ekantipur •
November 17, 2026 • 05:32 PM
2
2 reads 0 reactions

फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका छन् । सापकोटासँग प्रहरीले गरेको सोधपुछसम्बन्धी अडियोमा उनले धेरै बैंकमा करोडौं रकम रहेको र त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रहेको बताएका छन् ।

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका छन् । सापकोटासँग प्रहरीले गरेको सोधपुछसम्बन्धी अडियोमा उनले धेरै बैंकमा करोडौं रकम रहेको र त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रहेको बताएका छन् ।

काठमाडौँ — सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धानको दायरामा रहेका ‘फिक्सर’ इनम सापकोटा को बैंक खातामा पछिल्लो एक वर्षमा अस्वाभाविक कारोबार देखिएको छ । कान्तिपुरले उच्च स्रोतबाट प्राप्त गरेको उनको बैंकिङ कारोबारको विस्तृत विवरणअनुसार एक वर्षमा एउटै बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ ।

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठले सबैभन्दा बढी अर्थात् १ करोड ४२ लाख ५० हजार रुपैयाँ सापकोटाको खातामा जम्मा गरेको देखिएको छ । काठमाडौं प्रहरीका एसएसपी दिलीप घिमिरेका अनुसार सापकोटासँग लेनदेन देखिएपछि महेशलाई आइतबार पक्राउ गरिएको हो । कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका महेशको नामबाट ७ पटक सापकोटाको खातामा रकम जम्मा भएको देखिन्छ ।

ठूलो रकम जम्मा भएको २४ घण्टाभित्रै त्यसलाई फरक–फरक कम्पनीको खातामा ‘ट्रान्सफर’ गरेको पाइएको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त ठूलो रकम सापकोटाले प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि, इन्जिक बिल्डर्स प्रालि र हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालि नामक कम्पनीको खातामा ट्रान्सफर गरेका छन् । प्रहरीले गरेको सोधपुछमा सापकोटाले स्वास्थ्य उपकरण र स्किन केयरसम्बन्धी सामग्री आयात गर्न प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि आफूले केही समयअघि खोलेको बताएका छन् ।

सापकोटाको खातामा दोस्रो धेरै रकम श्रीवृद्धि इन्भेस्टमेन्ट प्रालिबाट प्राप्त भएको छ । प्राइम कमर्सियल बैंकको चेकबाट ७ असोजमा उनको खातामा एक करोड रुपैयाँ उक्त कम्पनीले जम्मा गरेको छ । त्यो रकम सापकोटाले लगत्तै क्यापिटल म्यासज सेक्युरिटी लिमिटेडको खातामा जम्मा गरिदिएका छन् । उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसको खाताबाट समेत सापकोटालाई २० लाख रुपैयाँ गएको देखिन्छ । १५ भदौ २०८३ मा फाउन्डेसनको प्राइम कमर्सियल बैंकमा रहेको खाताको चेकमार्फत यो रकम जम्मा भएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सापकोटाले कांग्रेस नेता उमेशसँग जग्गाको विषयमा समेत ह्वाट्सएपमा कुराकानी गरेको देखिएको छ । ‘धनी पुर्जाको फोटो आदानप्रदान भएको देखिन्छ, सापकोटाले जग्गा लिन खोजेको जस्तो बुझिन्छ,’ ती अधिकृतले भने, ‘उमेश श्रेष्ठमाथि समेत अनुसन्धान अघि बढाएका छौं । उस्तै परे पक्राउ गर्नुपर्ने हुन सक्छ ।’

रकम गएका सबै कम्पनी र सापकोटासँग कारोबारमा संलग्नहरूमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ । सापकोटामाथि भइरहेको छानबिनमा सहयोगका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति बनाएरसमेत काम भइरहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचबाट खुलेको सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति र थुनामा रहेका व्यापारीसम्म रहेका छन् ।

प्रहरीले सापकोटासँग गरेको सोधपुछको अडियो जनआस्थाले १७ कात्तिकमा सार्वजनिक गरेको थियो, जसमा धेरै बैंकको खातामा रकम रहेको र त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रहेको सापकोटाले बताएका छन् । सोधपुछका क्रममा उनले भनेका छन्, ‘करोडौं पैसा सबै चोलेन्द्र श्रीमान्को हो । उहाँमार्फत पैसा प्रभुशमशेर जबरा (चोलेन्द्रका भाइ) ले प्रयोग गरेको हो ।’

सापकोटाले सबैभन्दा सक्रिय बैंक खाता एनआईएमबी बैंकमा रहेको बताएका छन् । केही समयअघि सेयर धितो राखेर ऋण लिने प्रयोजनका लागि सिटिजन्स बैंकमा खाता खोलेको पनि उनले बताएका छन् । ‘पहिले विद्यार्थी हुँदा एसबीआई बैंकमा पनि खाता खोलेको थिएँ । त्यसपछि प्रभु बैंकमा पनि खाता थियो,’ उनले भनेका छन्, ‘तर अहिले दुवै सक्रिय छैनन् ।’

एनआईएमबी बैंकको खातामा निश्चित रकम आएको र त्यो विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेरमार्फत आएको उनले दाबी गरेका छन् । ‘आइप्लेक्स मलको सेटलमेन्ट थियो । त्यो पैसा थोरै सेटल गर्नुपर्‍यो भनेको थियो, त्यसका लागि आएको हो,’ उनले भनेका छन् ।

आफ्नो खातामा रकम जम्मा गर्ने नवीन तुलाधरविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा ठगीसम्बन्धी मुद्दा रहेको उनले बताएका छन् । तुलाधरले सापकोटाको खातामा २० लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । ‘उहाँलाई सिंगापुर जाँदा उमेश सर (उमेश श्रेष्ठ) मार्फत चिनेको थिएँ । उहाँ पनि पैसा व्यवस्थापन गर्नु हुँदो रहेछ,’ उनले भनेका छन्, ‘त्यससम्बन्धी तीन करोड रुपैयाँमा सिंगापुरमै सेटल गर्ने गरी डिल भएको थियो । त्यसपछि पैसा हालेको हो ।’

एक वर्षमै करोडौंको कारोबार गर्ने सापकोटा दुई वर्षअघिसम्म चाहिँ काठमाडौंको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा पढाउँथे । स्कुलका एक शिक्षकका अनुसार उनी प्रि–स्कुलमा ‘एसिस्टेन्ट टिचर’ का रूपमा कार्यरत थिए र तलब ४० हजार रुपैयाँ थियो । ‘प्रि–स्कुल भनेको नर्सरीदेखि ३ कक्षासम्म हो, त्यतिबेला त उहाँ सामान्य नै हुनुहुन्थ्यो,’ ती शिक्षकले कान्तिपुरसँग भने, ‘कोही ठूलो मान्छेसँग उठबस भएजस्तो पनि लाग्थेन । उहाँ भ्याकेन्सी खुलेपछि सीभी पठाएर अन्तर्वार्तामार्फत नै छानिएर पढाउन आउनुभएको थियो ।’

स्कुलमा पेस गरेको उनको वैयक्तिक विवरणअनुसार उनले २० डिसेम्बर २०२३ मा जर्मनीको फ्रेडरिच स्किलर युनिभर्सिटीमा रिसर्च इन्टर्नका रूपमा काम गरेका थिए । भारतको नयाँदिल्लीमा १५ अगस्ट २०२० देखि ३० अगस्ट २०२१ सम्म फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटमा पनि इन्टर्नका रूपमा काम गरेको उल्लेख छ । सन् २०१९ मा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसन्समा अब्जर्भरका रूपमा तथा इन्डियन रिसर्च जर्नल अफ जेनिटिक्स एन्ड बायोटेक्नोलोजीमा ‘एसिस्टेन्ट एडिटर’का रूपमा काम गरेको वैयक्तिक विवरणमा उल्लेख छ । उनले जर्मनीबाट माइक्रो बायोलोजीमा मास्टर्स गरेको लेखेका छन् भने भारतको डा. अब्दुल कलाम युनिभर्सिटीबाट बायोटेक्नोलोजी इन्जिनियरिङमा स्नातक अध्ययन गरेको लेखेका छन् । भारत सरकारको छात्रवृत्तिमा पढेको दाबी गरेका उनले आफूले गोल्ड मेडल पाएको समेत लेखेका छन् ।

कान्तिपुरले प्राप्त गरेको विवरणअनुसार सापकोटाको एउटा बैंक खातामा एक वर्षमा सबैभन्दा बढी रकम जम्मा गरिदिने महेशले पहिलो पटक १८ जेठ २०८३ मा प्राइम कमर्सियल बैंकको चेकमार्फत १० लाख रुपैयाँ दिएका थिए । त्यो रकम अर्को दिन नै सापकोटाले इन्जिक बिल्डर्स प्रालिको खातामा जम्मा गरेको देखिन्छ । त्यही आसपासको समयमा सापकोटा आफैंले दुई पटक गरेर ८ लाख रुपैयाँ बैंकमा नगद जम्मा गरेका छन् । दोस्रो पटक, १ असारमा महेशका नामबाट १ लाख ५० हजार रुपैयाँ जम्मा भएको देखिन्छ भने त्यही दिन उनको प्राइम कमिर्सियल बैंकको चेकमार्फत ११ लाख रुपैयाँसमेत जम्मा भएको देखिएको छ ।

महेशले १७ असार २०८३ प्राइम बैंकको खाताबाट २० लाख रुपैयाँ जम्मा गरेका छन् । त्यसको भोलिपल्ट २० लाख रुपैयाँ नै इन्जिक बिल्डर्स प्रालिको खातामा जम्मा भएको छ । महेशको प्राइम बैंकको चेकबाट ५ साउन २०८३ मा ३५ लाख रुपैयाँ उनको खातामा जम्मा भएको देखिन्छ । त्यही दिन महेशको राष्ट्रिय वाणिज्य बैंकको चेकमार्फत समेत २५ लाख रुपैयाँ सापकोटाको खातामा जम्मा भएको छ । अर्को दिन हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिको खातामा ४५ लाख ७० हजार रुपैयाँ ट्रान्सफर भएको देखिएको छ ।

७ साउनमा महेशले प्राइम बैंकमार्फत नै ४० लाख रुपैयाँ सापकोटालाई दिएका छन् । उनले चार दिनपछि सापकोटाकी श्रीमती कविता पाण्डेको खातामा ११ लाख रुपैयाँ ट्रान्सफर गरेका छन् । केही दिनपछि १८ साउनमा सापकोटाले इन्जिक बिल्डर्स प्रालिको खातामा २० लाख रुपैयाँ पठाएका छन् । २० साउनमा हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिको खातामा २२ लाख रुपैयाँ पठाएका छन् ।

उनले देशका लागि सानो सहयोग भन्दै १० हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । १० भदौमा भोटेकोशी बाढी गएको भोलिपल्टै उनले त्यो रकम जम्मा गरेका हुन् । त्यसको भोलिपल्ट २० लाख रुपैयाँ जनमैत्री फाउन्डेसनको चेकबाट सापकोटाको खातामा जम्मा भएको छ । १७ भदौमा उनले फेरि २० लाख रुपैयाँ इन्जिक बिल्डर्स प्रालिको खातामा जम्मा गरेका छन् । ३१ भदौमा उनले दुई पटक गरेर प्रिसिजन हेल्थ केयर टेक्नोलोजी प्रालिको खातामा १० लाख ९० हजार रुपैयाँ जम्मा गरेका छन् ।

प्रहरीलाई दिएको बयानमा उनले आफूले जर्मनीबाट विद्यावारिधिसमेत गरेको दाबी गरेका छन् । ‘मैले पढेको लिटिल एन्जल्स (एलए) स्कुलको अल्मुनाई मिटमा जाँदा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको छोरासँग भेट भएको थियो,’ प्रहरीले गरेको सोधपुछमा सापकोटाले दाबी गरेका छन्, ‘उहाँमार्फत नै पछि श्रीमान्सँग पनि भेट भयो र कुराकानी हुँदै गर्दा मलाई कांग्रेस नेताहरूसँग जोडिदिनुभएको थियो ।’

सापकोटाले आफूलाई कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री दीपक खड्काले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टसँग भेट गराएको समेत दाबी गरेका छन् । तर, त्यो भेट कहाँ भएको थियो भन्ने पुष्टि भइसकेको छैन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग समेत चिनजान भएको दाबी गरेका छन् । ‘उहाँले मलाई कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवासँग पनि भेट गराउनुभएको थियो,’ सापकोटाले भनेका छन् ।

पूर्वप्रधानन्यायाधीश जबराले आफूलाई प्रयोग गरेको दाबी गर्दै सापकोटाले सर्वोच्च अदालतका पाँच न्यायाधीशको नामसमेत लिएका छन् । ‘उनले लिएका नामहरूको बेग्लाबेग्लै भेरिफाइ गर्नुपर्ने अवस्था छ, ह्वाट्सएपमा भएका कुराकानी, फोनमा भएका सम्पर्क लगायतका विवरण पनि जोडेर हेरिरहेका छौं,’ एक अनुसन्धान अधिकृतले भने । प्रहरीलाई दिएको बयानअनुसार, सापकोटाको परिवार बुढानीलकण्ठमा बस्दै आएको थियो भने उनीचाहिँ पत्नीसहित पानीपोखरी हाइट अपार्टमेन्टमा बस्थे ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
45m ago
Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन ...

#खाता #इनम #वर्षअघिका
Compare →
Nagarik News
1d ago
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।

#सापकोटा #इनम
Compare →
Onlinekhabar
3h ago
एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ

एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ

१ मंसिर, काठमाडौं । इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा गत शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुर पाँगाबाट महेश श्रेष्ठ नाम गरेका व्यक्तिलाई पक्राउ गर्‍यो । भोजपुर घर भई कीर्तिपुर बस्दै आएका उनी पाँगास्थित कीर्तिपुर सिनेप्लेक्समा फिल्म …

#सापकोटा #इनम
Compare →
Bizshala
1d ago
रिज लाइन इनर्जीद्वारा नगद लाभांश वितरण सुरु, बैंक खाता अद्यावधिक गर्न आग्रह

रिज लाइन इनर्जीद्वारा नगद लाभांश वितरण सुरु, बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ।    कम्पनीको...

#खाता
Compare →

Related Stories

World News
Build #2612