Trending
Prev Story
Next Story

लक्जम्बर्गका राजकुमार बेथानचोकमा

Ekantipur •
November 17, 2026 • 02:32 PM
3
3 reads 0 reactions

व्यक्तिगत भ्रमणमा रहेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको भेटमा शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

लक्जम्बर्गका राजकुमार बेथानचोकमा

व्यक्तिगत भ्रमणमा रहेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको भेटमा शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

काभ्रेपलाञ्चोक — लक्जम्बर्गका राजकुमार लुइस जेभियर मारी गुइलाउमले मंगलबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका भ्रमण गरेका छन् ।व्यक्तिगत भ्रमणमा रहेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको भेटमा शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

भ्रमणका क्रममा उनले लक्जम्बर्गस्थित गैरसरकारी संस्था एईआईएनको आर्थिक सहयोग र ग्रामीण विकास संस्था (एआरडी) को साझेदारीमा सञ्चालित परियोजनाको अवलोकन समेत गरेका छन् ।

यसैबीच बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले असोज २०८१ को बाढीपहिरोले बेथानचोकमा पुर्‍याएको क्षति र त्यसपछि स्थानीय समुदायले भोग्नुपरेका चुनौतीबारे राजकुमार लुइसलाई जानकारी गराएका थिए । 'बाढीपहिरोले बेथानचोकको भौतिक संरचनामा मात्रै होइन, स्थानीयको जीविकोपार्जन र सामाजिक जीवनमा समेत गम्भीर असर पारेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘विपद्बाट प्रभावित समुदायलाई पुरानै अवस्थामा फर्काउन र भविष्यमा यस्ता जोखिम कम गर्न दीर्घकालीन योजना तथा साझेदारी आवश्यक छ।’

राजकुमार लुइसले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षा र वातावरण संरक्षणमा लक्जम्बर्गको साथ निरन्तर रहने बताए । उनले पार्वती माध्यमिक विद्यालयमा सञ्चालित ‘म्याग्रिड’ सिकाइ विधि, प्रारम्भिक बाल विकास केन्द्र र खुला पुस्तकालयको अवलोकन पनि गरे । विपद् तथा अन्य चुनौतीबीच ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर सुधारका लागि भइरहेका प्रयासबारे उनले जानकारी लिए ।

त्यस्तै, कृषि सिकाइ केन्द्रमा सञ्चालित प्राङ्गारिक खेती प्रणाली, आधुनिक सिँचाइ, पानी तान्ने प्रविधि र सामुदायिक बीउ बैंकको समेत उनले निरीक्षण गरेका थिए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारतमा

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारतमा

बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्।

#राजकुमार #भ्रमण
Compare →
Hamro Patro News
1d ago
ब्रिटिश राजकुमार र राजकुमारी भारत भ्रमणमा, नरेन्द्र मोदीसँग पनि भेट हुने

ब्रिटिश राजकुमार र राजकुमारी भारत भ्रमणमा, नरेन्द्र मोदीसँग पनि भेट हुने

वेल्सका राजकुमार र राजकुमारी भारतको औपचारिक भ्रमणमा मुम्बई आइपुगेका छन्। आफ्नो तीनदिने बसाइका क्रममा उनीहरूको भेट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि हुने छ। राजकुमार विलियम र राजकुमारी क्या...

#राजकुमार #भ्रमण
Compare →

Related Stories

Science & Climate
Build #2612