काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ।
कम्पनीको कात्तिक १७ गते सम्पन्न वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो।
कम्पनीका अनुसार पारित नगद लाभांशमध्ये १० प्रतिशतका दरले हुन आउने रकम कात्तिक २० गतेदेखि सेयरधनीहरूको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिँदै आएको छ।
कम्पनीले हालसम्म पनि हितग्राही खाता नखोलेका वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र आफ्नो बैंक खातासम्बन्धी विवरण तथा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।