नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको उक्त आयोजनाका आयोजना प्रमुखले बताएका छन्।
सुरुङमार्ग सञ्चालनमा आएर टोल दस्तुर सङ्कलन गर्न थालिए पनि त्यहाँबाट आवतजावत गर्ने सवारीसाधनमा खासगरी व्यस्त समयमा अस्तव्यस्तता देखिएको भन्दै सामाजिक सञ्जालहरूमा मानिसहरूले गुनासो गरिरहेका बेला आयोजना प्रमुखले यस्तो बताएका हुन्।
Read full story at source ( bbc.com )