पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन तथा अन्तर्क्रिया कार्यक्रममा राजतन्त्रकालीन पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको छ।
सोमबार पोखराको अमरसिंह चोकस्थित सफल ब्यांक्वेटमा आयोजित कार्यक्रममा संविधानले मान्यता नदिएको राष्ट्रिय गान जानाजान बजाइएको हो। राप्रपा शीर्ष नेताहरू कमल थापा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायतका शीर्ष नेताहरूको उपस्थितिमै पुरानो राष्ट्रिय गान बजाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )