Trending
Prev Story
Next Story

सोमबारदेखि सुस्त ‘रामायण’, मंगलबार कति कमायाे ?

Nagarik News •
November 18, 2026 • 06:07 AM
4
4 reads 0 reactions

बलिउड फिल्म ‘रामायण’ को कलेक्सनमा गिरावट देखिको छ। यद्यपि यसले हरेक दिन आफ्नो बक्स अफिस कमाइबाट सबैलाई चकित पारिरहेको छ।

सोमबारदेखि सुस्त ‘रामायण’, मंगलबार कति कमायाे ?

बलिउड फिल्म ‘रामायण’ को कलेक्सनमा गिरावट देखिको छ। यद्यपि यसले हरेक दिन आफ्नो बक्स अफिस कमाइबाट सबैलाई चकित पारिरहेको छ। २०२६ को सबैभन्दा लोकप्रिय फिल्महरूको सूचीमा समेत स्थान बनाउन सफल भएको यो फिल्मले गत मंगलबार  शानदार कमाइ गर्दै ‘धुरन्धर २’ र ‘छावा’ को रेकर्ड तोडेको छ।

फिल्म ‘रामायण’ को कमाइ अहिले सबैमा चर्चाको विषय बनेको छ। भारतसहित विश्वभरका दर्शकबाट यसले राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म १,५०० करोड भारुको नजिक पुगेको छ।

सप्ताहन्तमा शानदार कमाइ गरेपछि सोमबारदेखि यसको कमाइमा केही गिरावट देखिए पनि फिल्मले नयाँ कीर्तिमान बनाउने क्रम भने जारी राखेको छ।

फिल्मले १२औँ दिन अर्थात् सोमबार ३२ करोड भारु कमाएको थियो भने मंगलबार १३औँ दिन २८.७० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। यससँगै फिल्मको कुल घरेलु नेट कलेक्सन ८२१.४२ करोड भारतीय रुपैयाँ पुगेको छ।

यसले ‘धुरन्धर २’ को रेकर्ड तोडेको छ। ‘धुरन्धर २’ ले आफ्नो प्रदर्शनको १३औँ दिन २७.२५ करोड रुपैयाँ कमाएको थियो। त्यस्तै, विक्की कौशलको फिल्म ‘छावा’ ले १३औँ दिन भारतमा २३ करोड रुपैयाँ कमाएको थियो।

फिल्म ‘रामायण’ ले सुरुदेखि नै विदेशमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ। विश्वव्यापी बक्स अफिसमा यो १,५०० करोड भारु नजिक पुगेको छ।

सैकनिल्कमा उपलब्ध तथ्यांकअनुसार मंगलबार अर्थात् १३औँ दिनसम्म फिल्मले विश्वभरबाट कुल १४८३.५० करोड भारतीय रुपैयाँ कमाइसकेको छ।

विश्वव्यापी कमाइका आधारमा यो पाँचौँ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ। यसभन्दा अगाडि ‘दंगल’, ‘धुरन्धर २’, ‘बाहुबली २’ र ‘पुष्पा २’ रहेका छन्।

प्रकाशित: २ मंसिर २०८३ ११:५२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

मुम्बई । फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको छ भने विश्वव्यापी कमाइमा यो ‘पुष्पा २’को नज...

#फिल्म #कमाइ #रामायण
Compare →
Ekantipur
2d ago
११ दिनमा ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ३८४ करोड

११ दिनमा ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ३८४ करोड

फिल्मले दोस्रो आइतबार मात्रै ७५ करोड रुपैयाँ कमाएको छ। यो प्रदर्शनको दसौँ दिन शनिबारको ७२ करोड ९० लाख रुपैयाँको तुलनामा करिब २.९ प्रतिशत बढी हो।

#फिल्म #कमाइ #रामायण
Compare →
Bizshala
2d ago
सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने...

#सोमबार
Compare →

Related Stories

Education & Youth
Build #2612