दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी
काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ ।
ज नम्बरमा मुद्दाको पेसी परेको छ । यसअघि ३० कात्तिककै पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकारले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार पद सिर्जना गर्दै पदबाट हटाएको थियो । सरकारको उक्त निर्णय गैरकानुनी भएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो ।
रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका छन् । सर्वोच्चले पहिलो सुनुवाइपछि गर्ने निर्णयले कार्की पुनः पदमा फर्कने वा नफर्कने टुंगो लगाउनेछ ।