Trending
Prev Story
Next Story

तुवाँलोले सुर्खेत, सिमरा र भरतपुर विमानस्थलमा उडान प्रभावित

Ekantipur •
November 18, 2026 • 03:32 AM
2
2 reads 0 reactions

मंगलबार पनि तुवाँलोका कारण सुर्खेत, सिमरा र भरतपुरलगायत विमानस्थलमा उडान प्रभावित भएका थिए।

तुवाँलोले सुर्खेत, सिमरा र भरतपुर विमानस्थलमा उडान प्रभावित

मंगलबार पनि तुवाँलोका कारण सुर्खेत, सिमरा र भरतपुरलगायत विमानस्थलमा उडान प्रभावित भएका थिए।

काठमाडौँ — तुवाँलोका कारण बुधबार बिहान सुर्खेत, सिमरा र भरतपुर विमानस्थलमा उडान प्रभावित भएको छ।

यी तीन विमानस्थलमा काठमाडौंबाट हुने उडान हुन सकेका छैनन्।मंगलबार पनि तुवाँलोका कारण सुर्खेत, सिमरा र भरतपुरलगायत विमानस्थलमा उडान प्रभावित भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार बिहान प्रतिकूल मौसम र कम दृश्यताका कारण सुर्खेत, सिमरा र भरतपुरका उडान रोकिएका हुन्।

ती गन्तव्यमा जाने यात्रुवाहक विमान काठमाडौंबाट उडानका लागि तयारी अवस्थामा रहे पनि उड्न सकेका छैनन्।

सुर्खेत विमानस्थलमा दृश्यता ५ हजार मिटर, सिमरामा १ हजार ६ सय मिटर र भरतपुरमा ५ हजार मिटर आवश्यक पर्छ ।

तीनै विमानस्थलमा दृश्यतामा क्रमशः सुधार भइरहेको आन्तरिक टर्मिनलले जनाएको छ।

तुवाँलोका कारण यी तीन विमानस्थलमा उडान प्रभावित भए पनि अन्य आन्तरिक गन्तव्यमा भने उडान भइरहेको छ। हिमाली, पहाडी तथा तराईका अन्य सुगम रुटमा हवाई सेवा सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ।

बुधबार आन्तरिकतर्फ काठमाडौंबाट एकतर्फी कुल १५५ उडानको तालिका रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

काठमाडौँ / अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विम...

#उडान #विमानस्थल #प्रभावित
Compare →
Bizshala
3d ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#उडान #विमानस्थल
Compare →
Onlinekhabar
2d ago
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

३० कात्तिक, काठमाडौं । अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् …

#उडान #प्रभावित
Compare →
Arthasansar
4d ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #विमानस्थल
Compare →
Nagarik News
12h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ।

#उडान
Compare →

Related Stories

World News
Build #2612