फाइनलमा एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै भारतले पाकिस्तानलाई २–१ ले हरायो ।
काठमाडौँ — भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।
पाकिस्तानले पहिलो हाफको अन्त्यतिर मिडफिल्डर अलामगिर घाजीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुशील भाटले भारतका लागि बराबरी गोल गरे । जुनइद खान रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहेपछि पाकिस्तान दस खेलाडीमा सीमित रह्यो ।
यहीँबाट खेल भारतको पक्षमा मोडिएको हो । खेलको ८८ औं मिनेटमा भारतका लागि अब्दुल रबेहले दोस्रो तथा निर्णायक गोल गरे । भारतले दक्षिण एसियाली पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो कीर्तिमान दसौं पटक हो ।