Trending
Prev Story
Next Story

च्याम्पियन लुम्बिनी लायन्स उपाधि बचाउ अभियानको नजिक

Ekantipur •
November 17, 2026 • 03:02 PM
2
2 reads 0 reactions

निरोशान डिकवेलाको अविजित ५९ रनमा लुम्बिनीले १०६ रनको लक्ष्य १६.४ ओभरमा पूरा गर्दै लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गर्‍यो।

च्याम्पियन लुम्बिनी लायन्स उपाधि बचाउ अभियानको नजिक

निरोशान डिकवेलाको अविजित ५९ रनमा लुम्बिनीले १०६ रनको लक्ष्य १६.४ ओभरमा पूरा गर्दै लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गर्‍यो।

काठमाडौँ — निरोशान डिकवेलाले अर्धशतक बनाएपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले मंगलबार क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

डिकवेलाले अविजित ५९ रन बनाएपछि च्याम्पियन लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा १ सय ६ रनको लक्ष्य १६.४ ओभरमा १ सय ८ रन बनाउँदै पूरा गरेको थियो ।

लुम्बिनीले गत वर्ष उपाधि जित्ने क्रममा फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले त्यही प्रदर्शन दोहोर्‍याउँदै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।

यसअघिका दुई सिजन फाइनल खेलेको सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध फाइनल खेल्ने अर्को एक अवसर रहेको छ । इलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको विजेतासँग सुदूरपश्चिमले फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्ने छ ।

डिकवेलाले शून्यमा पाएको जीवनदानको पूरा फाइदा उठाए । दोस्रो ओभरमा हेमन्त धामीको बलमा डिकवेलाले गरेको प्रहार फाइन लेगमा अविनाश बोहराले क्याच फुत्काउन पुगेका थिए । तेस्रो ओभरमा डिकवेलाले लगातार बलमा स्कट कुग्लेनलाई ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

अविनाशले डिकवेलालाई अर्को अवसर ठीक ५० रनमा दिए । दीपेन्द्रसिंह ऐरीको बलमा उनले सर्ट फाइन लेगमा ठम्याउन नसक्दा अविनाशको हातबाट बल चौका भएको थियो । डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनले थानुका दवारेको बलमा विजयी छक्का प्रहार गरेका थिए ।

लुम्बिनीले पनि कमजोर सुरुआत गरेको थियो । इनिङ्सको तेस्रो बलमा डीआरसी शर्ट बोल्ड भए । कुग्लेनको बलमा उनी इनसाइड एज लागेर बोल्ड भएका थिए । अर्का ओपनर आरिफ शेख ४ रन बनाई हेमन्त धामीको बलमा आउट भए ।

डिकवेलाले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । रोहितले २८ बल खेली १ चौका प्रहार गर्दै २४ रन बनाई थारिन्दु रथ्नायकेको बलमा मिडविकेट बाउन्ड्री लाइनमा अनिल खरेलबाट क्याच आउट भए । सन्दीप जोरा १३ बल खेली ८ रन बनाई रथ्नायकेबाट कट एन्ड बोल्ड भए । दिलीप नाथ १० रनमा अविजित रहे ।

यसअघि कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ५ रनमात्र बनाउन सकेको थियो । दीपेन्द्रले १८औँ ओभरमा खेलको एकमात्र छक्का प्रहार गरेका थिए । शेर मल्लको बलमा उनले रिभर्स स्विपमा उक्त छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले ५१ बलको इनिङ्समा ३ चौका पनि प्रहार गरे । खेलको अन्तिम ओभरमा किशोर महतोको बलमा दीपेन्द्र हावामा क्याच दिन पुगेपछि आउट भएका थिए । खेलका दौरान क्र्याम्प भएपछि दीपेन्द्रले उपचारका लागि समय लिनु परेको थियो ।

सुदूरपश्चिमले निकै दयनीय सुरुआत गरेको थियो । रुबेन ट्रम्पलमनले खेलको पहिलो बलमै जर्ज मुन्सीलाई बोल्ड गरेका थिए । भेट्रान स्कटिस ब्याटर मन्सीको यस सिजनको प्रतियोगितामा यो पहिलो खेल थियो । गत वर्ष उनले विराटनगर किंग्सबाट खेलेका थिए ।

नामिबियाका प्रभावशाली अलराउन्डर ट्रम्पलमनले खेलको तेस्रो तथा आफ्नो अर्को ओभरमा श्रीलंकाली ब्याटर थानुका दवारेलाई ३ रनमा आउट गरे । थानुकाको पनि प्रतियोगितामा यो पहिलो खेल थियो । चौथो ओभरको पहिलो बलमै अभिशेष गौतमले विनोद भण्डारीलाई ३ रनमा आउट गरे ।

विकेटसँगै निरन्तर दबाबपछि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २० रनमात्र बनाउन सकेको थियो, जुन यस सिजनको एनपीएलको पहिलो पावर प्लेमा सबैभन्दा कम स्कोर हो । काठमान्डु गोर्खाजविरुद्धको यसअघिको खेलमा पनि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २१ रनमात्र बनाउन सकेको थियो ।

दीपेन्द्र र इशान पाण्डेले सुदूरपश्चिमको इनिङ्सलाई उकास्ने प्रयास गरिरहे पनि टोलीले पहिलो १० ओभरमा ४० रनमात्र जोड्न सकेको थियो । दीपेन्द्र र इशानले दोस्रो विकेटमा ६४ रनको साझेदारी गरे । विकेटकिपर डिकवेलाको सिधा थ्रोमा रनआउट हुनु पूर्व इशानले ३३ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए ।

रथ्नायके १, आरिफ शेख ४ रनमै आउट भए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका स्कट कुग्लेनले ७ रन जोडे । अनिल २ रनमा अविजित रहे । लुम्बिनीबाट ट्रम्पलमन र शेरले २–२ विकेट लिए । ट्रम्पलमनले ४ ओभरमा १४ र शेरले ४ ओभरमा २७ रन खर्चे । अभिशेषले ४ ओभरमा ११ र किशोरले १९ रनमात्र खर्चेर १–१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्...

#लुम्बिनी #फाइनल
Compare →
Onlinekhabar
2h ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#लुम्बिनी #फाइनल
Compare →
Nagarik News
3h ago
सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ।

#लुम्बिनी #फाइनल
Compare →
Arthasansar
3d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#लुम्बिनी #लायन्स
Compare →

Related Stories

Sports
Build #2612