Trending
Prev Story
Next Story

एक महिनादेखि रोकियो राप्ती राजमार्गको निर्माण, पहिरो र धुलोले सास्ती

Ekantipur •
November 17, 2026 • 09:32 AM
3
3 reads 0 reactions

वर्षातमा खसेको पहिरो, सडकमा थुपारिएको निर्माण सामग्री र धुलाम्मे सडकले यात्रुलाई सास्ती

एक महिनादेखि रोकियो राप्ती राजमार्गको निर्माण, पहिरो र धुलोले सास्ती

वर्षातमा खसेको पहिरो, सडकमा थुपारिएको निर्माण सामग्री र धुलाम्मे सडकले यात्रुलाई सास्ती

सल्यान — राप्ती राजमार्गअन्तर्गत राम्री र अरिङ्गालेपेदी खण्डको ११ किलोमिटर सडकमा स्तरवृद्धि तथा कालोपत्रेको काम एक महिनादेखि रोकिएको छ । चाडपर्व मनाउन प्राविधिक र मजदुर घर फर्किएपछि निर्माणको काम रोकिएको हो ।

निर्माण रोकिएपछि कम्पनीले सडक स्तरवृद्धि तथा कालोपत्रेका लागि थुपारेको निर्माण सामग्री र वर्षातमा खसेको पहिरो सडकबाट हटाइएको छैन । यसले सडक साँघुरो हुनुका साथै धुलाम्मे बनाएको छ । अहिले उक्त सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । पहिरो र सडकमा थुपारिएको निर्माण सामग्रीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।

सडक डिभिजन कार्यालय दाङले राम्री खण्डमा ५ र अरिङ्गालेपेदी खण्डमा ६ किलोमिटर सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गत वर्षदेखि सुरु गरेको थियो । डिभिजन कार्यालयले यसका लागि ४० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो । निर्माणको जिम्मेवारी पिके निर्माण सेवाले पाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडक स्तरवृद्धि तथा कालोपत्रेको काम निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत सम्पन्न गरेको छ ।

सल्यानदेखि मोटरसाइकलमा दाङको तुलसीपुर जाँदै गरेका बागचौर नगरपालिका–१० का विमल ओलीले अरिङ्गालेपेदी र राम्री सडक खण्डमा ज्यान जोखिममा राखेर मोटरसाइकल चलाउनुपर्ने अवस्था रहेको बताए ।

‘पहिरो र थुपारेको निर्माण सामग्रीले गर्दा सडक साँघुरो मात्र छैन, धुलाम्मे पनि छ । गाडीले उडाएको धुलोले कपडा पूरै धुलाम्मे हुन्छ । कतिखेर बाटो देखिँदैन । धुलोले स्वास्थ्यमा असर त पुर्‍याएको छँदैछ, दुर्घटना हुने खतरा उत्तिकै छ । धेरै सावधानी अपनाएर बाइक चलाउनुपर्छ,’ उनले भने । निर्माण कम्पनीले पहिरो र सडकमा थुपारेको सामग्री समयमै व्यवस्थापन गरे दुर्घटनाको जोखिम कम हुने उनको भनाइ छ ।

साँघुरो सडकमा क्षमताभन्दा बढी चुनढुंगा बोकेर गुड्ने टिपरका कारण दुर्घटनाको जोखिम झन् बढेको मोटरसाइकलमा सवार अर्का यात्रु राकेश भण्डारीले बताए । सडक स्तरवृद्धिको काममा निर्माण कम्पनीले लापरबाही गरेको उनको आरोप छ । ‘पहिरो र सडकमा थुपारेको निर्माण सामग्री त छँदैछ, वर्षातको समयमा दैनिकजसो पहिरो खस्ने र सडक हिलाम्मे हुँदा आउजाउ गर्न धेरै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘सडकको दुरवस्थाका कारण गन्तव्यसम्म पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ता हुन्थ्यो । अहिले वर्षातको समयमा जस्तो समस्या त छैन, साँघुरो र धुलाम्मे सडकले सास्ती उत्तिकै छ ।’

बिहान सडकमा आउजाउ गर्दा गाडीको चाप कम हुने भएकाले त्यति समस्या नहुने भए पनि दिउँसो यात्रा गर्दा धुलोका कारण समस्या हुने गरेको शारदा घर्तीले बताइन् । धुलोले कपडा कामै नलाग्ने हुने गरेको उनको भनाइ छ । सडक पूरै कालोपत्रे नहुँदासम्म यात्रुले सहज रूपमा यात्रा गर्न नपाउने उनले बताइन् ।

सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले चाडपर्व मनाउन कामदार घर फर्केपछि निर्माणको काम रोकिएको बताए । उनले साताभित्रै निर्माणको काम सुरु हुने जानकारी दिए । सडकमा थुपारिएको निर्माण सामग्रीका कारण सडक साँघुरो भई दुर्घटनाको जोखिम बढेको उनले स्वीकारे । ‘निर्माण सामग्री अन्यत्र राख्दा काम गर्न सहज हुँदैन र ढिलाइ हुन्छ । छिटोछरितो कामका लागि कालोपत्रेको तयारी गर्न निर्माण कम्पनीले सडकको छेउछाउमा निर्माण सामग्री थुपारेको हो,’ उनले भने ।

निर्माण कम्पनीले सडकमा थुपारेको सामग्रीभन्दा वर्षातमा बारम्बार खस्ने पहिरोले समस्या बढाएको र त्यसले निर्माणको कामसमेत प्रभावित पारेको उनको भनाइ छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको उनले बताए । पिके निर्माण सेवाले वर्षात र चाडपर्वका कारण केही समय काम रोकिए पनि अबको नौ महिनाभित्रै कालोपत्रेको काम सम्पन्न गर्ने जनाएको छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#पहिरो #खसे #राजमार्ग
Compare →
Onlinekhabar
1w ago
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको …

#पहिरो #खसे #राजमार्ग
Compare →
Bizshala
1w ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो #खसे #राजमार्ग
Compare →
Hamro Patro News
1w ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण रातिदेखि अवरुद्ध सडक बिहान ७ः४५ बजेदेखि खुलेको चितवन प्र...

#पहिरो #खसे #राजमार्ग
Compare →
Arthasansar
1w ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

Building & Construction
Build #2612