Trending
Prev Story
Next Story

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई

Arthasansar •
November 17, 2026 • 06:05 AM
1
1 reads 0 reactions

नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन बिक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघका...

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई

नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन बिक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले प्राधिकरणका नवनियुक्त अध्यक्षसँग भेट गरी बधाई तथा शुभकामना दिएको हाे ।

संघले कात्तिक २७ गते अध्यक्षको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेको जनाएको छ। भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका विषयमा छलफल भएको थियो।

छलफलमा बीमा सेवाको पहुँच विस्तार गर्ने, बीमितको हित संरक्षण गर्ने तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। त्यस्तै बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको संघले जनाएको छ। संघले नवनियुक्त अध्यक्षको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
बीमक संघले दियाे प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई

बीमक संघले दियाे प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई

काठमाडौं । नेपाल बीमक संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले शुक्रबार नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेट गरेको छ । भेटका क्रममा ...

#बीमा #संघ #नवनियुक्त
Compare →
Onlinekhabar
15h ago
कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ …

#संघ
Compare →
Bizshala
18h ago
एकपछि अर्को विपत्तिले थलिएका निर्जीवन बीमा कम्पनी, तीन महिनामै १ अर्ब २७ करोड घाटा !

एकपछि अर्को विपत्तिले थलिएका निर्जीवन बीमा कम्पनी, तीन महिनामै १ अर्ब २७ करोड घाटा !

काठमाण्डौ । एकपछि अर्को प्राकृतिक विपत्ति र प्रतिकूल परिस्थितिको सामना गरिरहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय...

#बीमा
Compare →
Nagarik News
23h ago
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन्।

#नवनियुक्त
Compare →
Ekantipur
4d ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा
Compare →

Related Stories

Opinion & Editorial
Build #2612