काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।
श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट सामान खरिद गरेका थिए। सरकारले गत कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी विजेता बनेका हुन्।
राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। कार्यक्रममा यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।