Trending
Prev Story
Next Story

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय आज सकिँदै

Bizshala •
November 17, 2026 • 04:03 AM
3
3 reads 0 reactions

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण...

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय आज सकिँदै

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय आज बैंकिङ समयपछि समाप्त हुने भएको छ।

कम्पनीले गत कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। निष्कासन अवधिमा मागभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले कम्पनीले आजदेखि आवेदन लिने कार्य बन्द गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको छ।

त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँबराबरको १६ करोड ९० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।

कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याएको सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि छुट्याएको छ।

त्यस्तै, बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका उल्लिखित वडाबाहेक बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि छुट्याइएको छ।

कम्पनीका अनुसार स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
35m ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका...

#हिम #पर्वत #हाइड्रोपावर
Compare →
Hamro Patro News
2h ago
खुल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन

खुल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन

काठमाडौं । माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले आज मंगलबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । सूचनामा इच्छुक उम्मेदवारले आवेदन खुलेको मितिदेख...

#आवेदन
Compare →

Related Stories

Business & Economy
Build #2612