पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर गर्ने उद्देश्यले योगीको एक समूह भोजपुरको मुन्दुम पदमार्गमा आएको छ ।
काठमाडौँको मृगस्थलीस्थित आश्रममा रहनुभएका योगी व्याघ्र वेदनाथ महाराजसहित १३ जनाको समूह पदमार्गको भ्रमणमा आएको हो । दुई दिन मुन्दुम पदमार्ग क्षेत्रमा रहने योगीको समूहले टेम्के डाँडामा रहेको मन्दिरसहित पदमार्गमा पर्ने विभिन्न आध्यात्मिक महत्वका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा योगीले विभिन्न स्थानमा ध्यान तथा साधना गर्ने योगी व्याघ्र वेदनाथ महाराजले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )