Trending
Prev Story
Next Story

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

Ekantipur •
November 08, 2026 • 04:01 AM
1
1 reads 0 reactions

वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध हुनेछ।

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध हुनेछ।

भोजपुर — मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । टुरिजम डट कोशी डट जिओभी डट एनपीबाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतको भनाइ छ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।

भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट पदयात्रामा आउने पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास तथा अन्य आर्थिक गतिविधिमासमेत टेवा पुग्नेछ । मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्...

#पदमार्ग #वेबसाइट #आवश्यक
Compare →
Bizshala
2w ago
दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

काठमाण्डौ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।...

#पदमार्ग
Compare →
Nagarik News
2w ago
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

#पदमार्ग
Compare →
Arthasansar
2w ago
खुल्न थाले नेपालका सरकारी वेबसाइट

खुल्न थाले नेपालका सरकारी वेबसाइट

वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका...

#वेबसाइट
Compare →

Related Stories

World News
Build #2611