नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पुरानै मूल्य कायम राखेको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएको थियो । त्यसपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
Read full story at source ( lokaantar.com )