Trending
Prev Story
Next Story

पेट्रोलियम पदार्थमा दैनिक १५ करोड घाटा : निगमका कार्यकारी निर्देशक साह

Onlinekhabar •
November 01, 2026 • 02:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन् । शनिबार बर्दिबासमा भएको पेट्रोलियम डिलर्स एसोसिएसन …

पेट्रोलियम पदार्थमा दैनिक १५ करोड घाटा : निगमका कार्यकारी निर्देशक साह

१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन् ।

शनिबार बर्दिबासमा भएको पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले निगमले दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेर पेट्रोल र डिजेल बिक्री गरिरहेको बताए ।

जनताको सहजताको लागि सरकारको समन्वयमा घाटा भए पनि निगमले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

उनले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सर्लाहीमा एलपी ग्यासको डिपो निर्माण भइरहेको जानकारी दिए । उनले सर्लाही र मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले पेट्रोलियम व्यवसायलाई व्यवस्थित बनाउन व्यवसायीलाई आग्रह गर्दै कमिसन लगायतका विषयमा आगामी दिनमा हुने निर्णयमा निगमले सहयोग गर्ने बताए ।

एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले संस्थाको विकाससँगै व्यवसायीको हित पनि सुनिश्चित हुनुपर्ने बताए । लागतअनुसार प्रतिफल प्राप्त नभएको भन्दै उनले व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे ।

एसोसिएसनका निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले न्यून सेवा शुल्कमा व्यवसायीले काम गरिरहेको उल्लेख गर्दै व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्ने बताए । उपभोक्तालाई केन्द्रमा राखेर तोकिएको गुणस्तर र परिमाणमा इन्धन उपलब्ध गराउनु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

राज्यले व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै प्रधानले लागत र प्रतिफललाई बेवास्ता गरिए व्यवसायी पेशाबाट पलायन हुन सक्ने र उपभोक्तालाई सहज सेवा दिन कठिन हुने धारणा राखे ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीलाई आफ्नो पेशामा निष्ठा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे ।

ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम व्यवसायीको कमिसन न्यून रहेको उल्लेख गर्दै वृद्धि गर्नुपर्ने माग गरे ।

पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभामा एसोसिएसन महोत्तरीका अध्यक्ष राजिव प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
तिहार बिदामा पनि निगमको डिपो खुला रहने

तिहार बिदामा पनि निगमको डिपो खुला रहने

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ।

#पेट्रोलियम #निगम #पदार्थ
Compare →
Hamro Patro News
1w ago
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर...

#पेट्रोलियम #निगम
Compare →
Bizshala
5d ago
सीवाईसीको खराब कर्जा १६ प्रतिशत नाघ्यो, खुद घाटा पाँच गुणाभन्दा बढी

सीवाईसीको खराब कर्जा १६ प्रतिशत नाघ्यो, खुद घाटा पाँच गुणाभन्दा बढी

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी २८ प्रतिशत बढे पनि खराब कर्जा बढ्दा खुद घाटा पाँच...

#घाटा
Compare →
Ekantipur
1w ago
तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

#निगम
Compare →
Arthasansar
1w ago
घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार गत...

#घाटा
Compare →

Related Stories

Technology
Build #2611