Trending
Prev Story
Next Story

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

Nagarik News •
November 16, 2026 • 11:49 AM
4
4 reads 0 reactions

निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ।

निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।

हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन्।

पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ।

यसैबीच, कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बंगलादेश फर्कने बताए।

मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उनले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ।

सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो।

फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो।

प्रकाशित: ३० कार्तिक २०८३ १७:३४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

३० कात्तिक, ढाका (रासस/एएनआई)। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा …

#हसिना #सुरक्षा #सम्भावित
Compare →
Hamro Patro News
6d ago
तिहार लक्षित सुरक्षा : तालिमप्राप्त कुकुरसहित आठ सय बढी प्रहरी परिचालन

तिहार लक्षित सुरक्षा : तालिमप्राप्त कुकुरसहित आठ सय बढी प्रहरी परिचालन

चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष सुरक्षा निगरानी केहि सेकेन्ड अघि फाइल तस्बिर चितवन : तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्वसाधारणको चाप हुने स्थानमा ता...

#सुरक्षा #परिचालन
Compare →
Ekantipur
1w ago
तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

#सुरक्षा #परिचालन
Compare →
Bizshala
23h ago
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2612