Trending
Prev Story
Next Story

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। समूह चरणमा शीर्ष ६ मा पर्न …

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो।

समूह चरणमा शीर्ष ६ मा पर्न नसकेको टीटूके १६ टोलीमध्ये १४औं स्थानमा रहेपछि सर्भाइभल स्टेजमा पुगेको थियो। सर्भाइभल स्टेजबाट शीर्ष चार टोली मात्र फाइनलमा छनोट हुने प्रावधान थियो।

टीटूकेले सर्भाइभल स्टेजमा ३५ अंक जोड्दै नवौं स्थान हासिल गर्‍यो। सर्भाइभल स्टेजबाट इराकको फोके, ब्राजिलको अल्फा सेभेन, साउदी अरेबियाको अल उला र इन्डोनेसियाको अल्टर इगो फाइनलमा पुगेका छन् ।

नेपालकै अर्को टोली होरा ईस्पोर्ट्स भने समूह चरणमा शीर्ष ६ मा पर्दै यसअघि फाइनलमा पुगिसकेको छ। समूह ए बाट होरासँगै एसटूजी, बिजट्रन, इन्फ्लुएन्स रेज, ओल्ड नट र एके फाइनलमा सिधै पुगेका थिए ।

समूह बी बाट वुल्भ्स, भ्याम्पाएर, यूएलएफ, द मङ्गोल्ज, रेग्नम कार्या र बीयूएफ ईस्पोर्ट्स फाइनल पुगेका छन् ।

१६ टोली सम्मिलित फाइनल खेल शनिबार र आइतबार हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1w ago
‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए ।

#स्टेज
Compare →

Related Stories

National (Nepal)
Build #2611