Trending
Prev Story
Next Story

कात्तिकमा काठमाडौंमा मात्रै १२ हजार ९६७ सवारी चालक कारबाहीमा

Ekantipur •
November 16, 2026 • 10:32 AM
4
4 reads 0 reactions

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

कात्तिकमा काठमाडौंमा मात्रै १२ हजार ९६७ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

काठमाडौं — कात्तिक महिनामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही १ देखि २९ कात्तिकसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।

प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।

मादकपदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ । प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
58m ago
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

३० कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन …

#काठमाडौं #कारबाही #सेवन
Compare →
Hamro Patro News
2h ago
मुगु जीप दुर्घटना : गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगियो

मुगु जीप दुर्घटना : गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगियो

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगुबाट स...

#काठमाडौं
Compare →
Nagarik News
3h ago
यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ भने ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगेर उपचार भइरहेको छ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612