Trending
Prev Story
Next Story

सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)

Onlinekhabar •
November 16, 2026 • 09:31 AM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । दोलखा र रामेछापको सिमानामा समुद्रि सतहबाट ३ हजार १५० मिटर उचाइमा छ सैलुङ । तामाङ भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का भन्ने बुझिन्छ । त्यसकारण सैलुङ सय थुम्का …

सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)

३० कात्तिक, काठमाडौं । दोलखा र रामेछापको सिमानामा समुद्रि सतहबाट ३ हजार १५० मिटर उचाइमा छ सैलुङ । तामाङ भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का भन्ने बुझिन्छ । त्यसकारण सैलुङ सय थुम्का मिलेर बनेको एक रमणीय चुचुरो हो ।

सैलुङको सामुन्ने अटल भएर बसेको गौरीशंकर हिमालले यहाँको आकर्षणलाई थपेको छ । छेवैमा रहेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकले सैलुङको महत्त्वलाई थप बढाएको छ ।

झुल्के घाम र अस्ताउँदो सूर्यको किरण गणेश, लाङटाङ लगायतका हिमशृङ्खलाहरूमा पर्दा पर्यटकहरूलाई थप मनमोहक बनाउँछ ।

प्राकृतिक रूपले अति रमणीय देखिने सैलुङलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दाको बेग्लै आनन्द आउँछ ।

मौसमअनुसार सै लुङको रूप फेरिइरहन्छ । हिउँ पर्दा सेताम्मे भएर ढकमक्क हुन्छ भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले सै लुङलाई झनै मनमोहक बनाउँछ ।

छिनछिनमा बदलिरहने मौसम, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, बिहानको सूर्योदय र साँझको सूर्यास्तले सै लुङसँगको आत्मीयता झनै बढाइदिन्छ ।

सै लुङ टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, नजिक पुग्दा यसको सुन्दरताको गहिराइ अझ बढी महसुस गर्न सकिन्छ । खुला आकाशमुनि फैलिएका हरिया चौर, चिसो हावा, डाँडामाथि टाँसिएझैँ देखिने बादल र वरिपरिका हिमाल तथा पहाडको दृश्यले मनलाई एकैछिन भए पनि दैनिक व्यस्तताबाट टाढा पुर्‍ याउँछ ।

जसका कारण प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।

सैलुङको यात्रा दोलखा र रामेछाप दुवै तर्फबाट गर्न सकिन्छ । रामेछापबाट जाँदा चर्चित स्थान दोरम्बा हुँदै उकालो लाग्नु पर्छ ।

दोरम्बाबाट जाँदा सैलुङको सिधै चुचुरोमा पुगिन्छ । त्यसपछि तल झरेर अन्य थुम्का र धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
हर्क सामपाङको आरोप : गृहमन्त्री ‘घरमन्त्री’ जस्तो बने

हर्क सामपाङको आरोप : गृहमन्त्री ‘घरमन्त्री’ जस्तो बने

गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री नभई ‘घरमन्त्री’ जस्तो बनेको आरोप समेत राईले लगाए।

#बने
Compare →
Hamro Patro News
7h ago
संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्या...

#बने
Compare →
Arthasansar
1w ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#बने
Compare →
Ekantipur
1w ago
इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ

#बने
Compare →

Related Stories

World News
Build #2612