Trending
Prev Story
Next Story

चीनद्धारा सी, ट्रम्प र पुटिनबीच बैठक हुने पुष्टि

Ekantipur •
November 16, 2026 • 05:32 AM
3
3 reads 0 reactions

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख छ

चीनद्धारा सी, ट्रम्प र पुटिनबीच बैठक हुने पुष्टि

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख छ

काठमाडौँ — चीनले राष्ट्रपति सी चीनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ ।

तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख छ । यद्यपि, बैठकमा छलफल हुने विषय र कार्यसूचीबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँग पनि जोडिएको छ ।

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सिसिपिआइटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन् ।

सिन्ह्वाका अनुसार सिसिपिआइटीका उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमा अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सम्बोधन गर्ने वा सहभागिता जनाउने जानकारी दिएका छन् ।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ । फच्र्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन् ।

लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो हुनेछ । सम्मेलनमा सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुनेछन् ।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् । ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबीच समन्वय बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनका छलफलमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन् ।

यसैबीच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा सुरु भएको थियो । परिषद्ले निजी क्षेत्रका सुझावलाई समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
48m ago
चीनद्धारा सी, ट्रम्प र पुटिनबीच बैठक हुने पुष्टि

चीनद्धारा सी, ट्रम्प र पुटिनबीच बैठक हुने पुष्टि

चीनद्धारा सी, ट्रम्प र पुटिनबीच बैठक हुने पुष्टि चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्न...

#चिनियाँ #चीनद्धारा #ट्रम्प
Compare →
Onlinekhabar
3d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#राष्ट्रपति #ट्रम्प #पुटिनबीच
Compare →
Nagarik News
20m ago
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

#राष्ट्रपति #ट्रम्प
Compare →
Bizshala
1d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#राष्ट्रपति #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612