Trending
Prev Story
Next Story

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

Ekantipur •
November 16, 2026 • 05:02 AM
3
3 reads 0 reactions

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ

जेनेभा — अमेरिका र रुसले मानवरहित स्वचालित हतियारलाई नियमन गर्ने नयाँ अन्तर्राष्ट्रिय प्रस्तावको विरोध गर्ने तयारी गरेका छन्। सोमबारबाट जेनेभामा सुरु भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनले घातक स्वचालित हतियार प्रणालीलाई निषेध र नियमन गर्ने कानुनी सम्झौताका लागि वार्ता सुरु गर्ने विषयमा निर्णय गर्नेछ।

संयुक्त राष्ट्रसंघ र रेडक्रसले स्वचालित हतियारको गम्भीर खतराबारे चेतावनी दिएपनि अमेरिका, रुस र इजरायललगायतका देशहरूले विद्यमान मानवीय कानुन नै पर्याप्त रहेको भन्दै नयाँ बाध्यकारी नियमको विरोध गरिरहेका छन्।

यसैबीच, सम्भावित त्रुटि र अनपेक्षित खतराबाट बच्नका लागि कूटनीतिज्ञहरूले कानुनी र गैर-कानुनी प्रावधान मिसिएको (हाइब्रिड) सम्झौताको विकल्प पनि खोजिरहेका छन्।

अमेरिकाले भने बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ। सम्मेलनको अन्त्यसम्ममा कुनै सम्झौतामा सहमति जुट्न सक्ने आशा गरिएको छ।

ह्युमन राइट्स वाचजस्ता अधिकारवादी संस्थाहरूले मेसिनलाई मानिसको जीवन वा मृत्युको निर्णय गर्ने अधिकार दिन नहुने बताएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै ड्रोन, रोबोट, ट्याङ्क र पानीमुनिका साधनहरूले मानिसको प्रत्यक्ष संलग्नताबिना नै आक्रमण गर्न सक्ने अवस्था बनेको छ । यस्ता घातक हतियारहरू युक्रेन, सुडान र मध्यपूर्वमा समेत प्रयोग भइसकेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

काठमाडौं । अमेरिकामा देशभरका उडान रोक्ने निर्णय गरिएको दुई दिन बितिसक्दा पनि हवाई यातायात सेवा सामान्य अवस्थामा फर्किन...

#अमेरिका
Compare →
Onlinekhabar
4h ago
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

३० कात्तिक, काठमाडौं । अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् …

#अमेरिका
Compare →
Hamro Patro News
8h ago
अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

काठमाडौं : अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजार...

#अमेरिका
Compare →
Arthasansar
18h ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#अमेरिका
Compare →
Nagarik News
22h ago
प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612