काठमाडौँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनलाई नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) को सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। शनिबार सार्वजनिक वक्तव्यमार्फत जेलेन्स्कीले अमेरिकी पक्षले पहिलोपटक यस्तो विकल्पबारे कुरा उठाएको जानकारी दिएका हुन्।
उनका अनुसार अमेरिकी प्रतिनिधिहरूले युक्रेन नेटोमा सहभागी हुने अवस्था बनेमा डोनबास क्षेत्रबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भनेर सोधेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुसनर र स्टिभ विटकफले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुका साथै त्यसअघि अबुधाबीमा रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दुई दिनसम्म छलफल भएको थियो। यद्यपि, उक्त वार्ताबाट कुनै ठोस सहमति भने निस्कन सकेको थिएन।
Read full story at source ( barnanmedia.com )