Trending
Prev Story
Next Story

छठको उमङ्गमा शीर्ष व्यक्तित्व

Hamro Patro News •
November 16, 2026 • 12:46 AM
2
2 reads 0 reactions

काठमाडौँ, कात्तिक ३० गते । सङ्घीय राजधानी काठमाडौँमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेता तथा व्यक्तित्व यस वर्षको छठपर्व मनाउन मधेशका विभिन्न गाउँबस्ती, धार्मिक स्थल तथा छठघाटमा पुग्नुभएको छ । राजन...

1 / 2
Swipe Photos

काठमाडौँ, कात्तिक ३० गते । सङ्घीय राजधानी काठमाडौँमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेता तथा व्यक्तित्व यस वर्षको छठपर्व मनाउन मधेशका विभिन्न गाउँबस्ती, धार्मिक स्थल तथा छठघाटमा पुग्नुभएको छ । राजनीतिक भेटघाट, बैठक र पार्टीका गतिविधिमा व्यस्त रहने विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उच्चपदस्थ व्यक्तिहरू छठपर्वको अवसर पारेर जनकपुरधाम, सर्लाही, रौतहट, महोत्तरी, पर्सा र सिराहाका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाअर्चना र स्थानीयसँग भेटघाटमा सहभागी भएका हुन् ।

वीरगन्ज समाचारदाता का अनुसार सभामुख डोलप्रसाद अर्याल छठपर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आइतबार सहभागी हुनुभएको छ । घडिअर्वा पोखरीपरिसरको अवलोकन तथा स्थानीय श्रद्धालुसँग भेट गर्नुभएका उहाँ वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि सहभागी हुनुभयो । उहाँले बाराको जितपुरस्थित लालका पुल छठघाटमा, परवानीपुर गाउँपालिका–३, इटियाहीस्थित सानो टोल धोबीघाट पुगेर श्रद्धा र आस्थाको प्रतीकका रूपमा लिइने छठ पूजामा सहभागी हुनुभएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना कठिन बनेको छ।

#शीर्ष #काठमाडौं
Compare →
Onlinekhabar
11h ago
कमलपोखरीमा जगमगायो छठको साँझ (तस्वीरहरू)

कमलपोखरीमा जगमगायो छठको साँझ (तस्वीरहरू)

२९ कात्तिक, काठमाडौं । छठ पर्वको तेस्रो तथा महत्त्वपूर्ण दिन आज तराई–मधेशसहित देशका अधिकांश ठाउँमा व्रतालु तथा भक्तजनले सूर्यदेव र छठी माताको आराधना गरेका छन् । विशेषगरी तराई–मधेशतिर परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै …

#काठमाडौं #छठको
Compare →
Ekantipur
15h ago
‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।

#काठमाडौं #शीर्ष
Compare →

Related Stories

Technology
Build #2612