सभामुख अर्यालले वीरगन्जको पूर्वतर्फ बाराको इटियाहीस्थित छठ घाटमा समेत पुगेर छठी माताको दर्शन गरेका थिए।
पर्सा — संघीय संसद्का सभामुख डोलप्रसाद अर्यालले आइतबार वीरगन्जका विभिन्न छठ घाट पुगेर छठी माताको दर्शन गरेका छन्। उनले वीरगन्जको घडिअर्वा पोखरीस्थित छठ घाट पुगेर छठी माताको दर्शन गर्नुका साथै व्रतालुहरूबाट प्रसादस्वरूप टीका ग्रहण गरेका थिए। त्यसपछि उनी नगवास्थित छठ घाट पुगेका थिए।
सभामुख अर्यालले वीरगन्जको पूर्वतर्फ बाराको इटियाहीस्थित छठ घाटमा समेत पुगेर छठी माताको दर्शन गरेका थिए।
सोमबार बिहान वीरगन्जको रानीघाटस्थित छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका नेता मुरली जालानले जानकारी दिए।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।