सभामुख डोलप्रसाद अर्याल र कांग्रेस सभापति गगनकुमार थापा आइतबार छठ पुजामा सहभागी हुन बारा र पर्सामा आईपुगेका छ्न।
वीरगन्जको छ्ठ पुजामा सहभागी हुन हवाई मार्गबाट सभामुख अर्याल सिमरा आएका हुन। सिमरा आएका उनी जीतपुरसिमरा उपमहानगरपालिका-४ मा रहेको नवनिर्मित श्री कृष्ण मन्दिरको दर्शन तथा अवलोकन समेत गरेका छ्न।सिमरापछि वीरगन्ज जाने कार्यक्रम रहेको बताइएको छ। त्यसै गरी कांग्रेस सभापति थापा हवाई माग हुँदै सिमरा पुगेका छ्न। सिमराबाट छ्ठ हेर्न सर्लाही पुग्ने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १३:३८ आइतबार