Trending
Prev Story
Next Story

६ लाखसहित ३१ जुवाडे पक्राउ

Nagarik News •
November 15, 2026 • 11:08 AM
4
4 reads 0 reactions

प्रहरीले कैलाली, दाङ र झापाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा शनिबार ३१ जनालाई पक्राउ गरेको छ।

६ लाखसहित ३१ जुवाडे पक्राउ

प्रहरीले कैलाली, दाङ र झापाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा शनिबार ३१ जनालाई पक्राउ गरेको छ।

चार छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा कुल ६ लाख ६२ हजार ७ सय ७५ रुपैयाँ नगद र ८ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै दाङको घोराहीका दुई स्थानबाट १७ जना पक्राउ परेका छन् भने ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिबार साँझ घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित ४७ वर्षीय बसन्त बुढाथोकीको घरबाट बुढाथोकीसहित ९ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास बरामद भएको छ।

यसैगरी, सोही दिन बेलुकी घोराही उपमहानगरपालिका-१५ जानकी टोलस्थित ६८ वर्षीय भुप बहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ८ जना पक्राउ परे। जिल्ला प्रहरी कार्यालय दाङकै टोलीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र ३ बुक तास नियन्त्रणमा लिएको छ।

उता, झापाको बिर्तामोड नगरपालिका-४ उर्बर्सी टोलस्थित होटल अम्रेलाबाट शनिबार राति ४ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सूर्योदय नगरपालिका-१० बस्ने ४४ वर्षीय निर्मल श्रेष्ठसहित ४ जनालाई नगद ८९ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सैनिक होटलबाट शनिबार राति सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय नमराज बिष्टसहित १० जना पक्राउ परे।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूका साथबाट नगद ६० हजार १ सय ७५ रुपैयाँ र १ बुक तास बरामद गरेको छ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १६:५३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद

२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले ...

#स्थान #बरामद #जुवाडे
Compare →
Onlinekhabar
6d ago
सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद …

#स्थान #बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2612