हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।
उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ । कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा सर्वाधिक ३ विकेट लिए ।
Read full story at source ( arthasansar.com )