Trending
Prev Story
Next Story

हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

Ekantipur •
November 15, 2026 • 09:32 AM
3
3 reads 0 reactions

समयमै धान नभित्र्याए हात्तीले नष्ट गर्ने डरबीच सुरक्षा निकाय, जनप्रतिनिधिले खेतमै पुगेर किसानको दुःखमा साथ दिएका हुन् ।

हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

समयमै धान नभित्र्याए हात्तीले नष्ट गर्ने डरबीच सुरक्षा निकाय, जनप्रतिनिधिले खेतमै पुगेर किसानको दुःखमा साथ दिएका हुन् ।

झापा — जङ्गली हात्तीको बढ्दो आवागमनले धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि झापाको बाहुनडाँगीमा जनप्रतिनिधि र सुरक्षाकर्मी किसानको धान काट्न खेतमै पुगेका छन्।

हात्ती प्रभावित क्षेत्रका किसानको धानबाली जोगाउने र उनीहरूको दुःखमा साथ दिने उद्देश्यले सशस्त्र प्रहरी, नेपाल प्रहरी, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि र किसानहरू सामूहिक रूपमा धान काट्न खेतमा खटिएका हुन्।

पछिल्लो समय बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको आवागमन र चाप बढ्दै गएको छ। हात्तीले बालीनाली नष्ट गर्ने जोखिमका कारण किसानलाई समयमै धान भित्र्याउनुपर्ने दबाब छ।  विगतमा हात्तीका कारण किसानलाई धान भित्याउनै सकस थियो । प्रभावित क्षेत्रको करिब २० बिघा वढी क्षेत्रको धान सामूहिक रुपमा काटिएको हो ।

सुरक्षा निकाय र समुदायको सामूहिक प्रयासले किसानलाई राहत पुगेको बाहुनडाँगी जेसिजका अध्यक्ष निकेशराज दाहालले जनाए। 'धान काट्ने अभियानले मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा स्थानीय समुदाय, जनप्रतिनिधि र सुरक्षा निकायबीचको सहकार्यलाई पनि उजागर गरेको छ', दाहालले भने।  सुरक्षा निकायको जिम्मेवारी सीमा सुरक्षा, चोरी–तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित नभई विपद् र संकटका बेला नागरिकको साथमा उभिनु सकारात्मक भएको स्थानीय अगुवाहरूको भनाइ छ।

अभियानमा जिल्ला प्रशासन कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि र किसान सहभागी रहेको मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनाए।

स्थानीय तहले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले जनाए। 'किसानको बाली जोगाउने प्रयाससँगै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने अभियानलाई व्यवहारमै अघि बढाउनुपर्ने हो', कार्कीले भने।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
7h ago
किसानलाई धान थन्क्याउने चटारो

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई …

#किसान #धान
Compare →
Hamro Patro News
12h ago
झापामा जंगली हात्तीको आवतजावत बढेपछि किसानलाई धानबाली तत्काल भित्र्याउन प्रशासनको आग्रह

झापामा जंगली हात्तीको आवतजावत बढेपछि किसानलाई धानबाली तत्काल भित्र्याउन प्रशासनको आग्रह

झापा । झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आवतजावत बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीका कारण बा...

#हात्ती #किसान
Compare →
Nagarik News
1d ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#हात्ती #किसान
Compare →

Related Stories

Business & Economy
Build #2612