Trending
Prev Story
Next Story

रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन

Onlinekhabar •
November 15, 2026 • 09:31 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको दाबी गरेका छन् । आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले यस्तो बताएका …

रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको दाबी गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको पनि टिप्पणी गरे । पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।

महामन्त्री आचार्यले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए ।

उनले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै शुसासनका विषयमा पार्टी सधै सरकारको साथमा रहने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । चीन भ्रमणका क्रममा चिनियाँ कम्युन...

#महामन्त्री #रास्वपा #आचार्य
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#महामन्त्री #रास्वपा #आचार्य
Compare →
Nagarik News
3h ago
रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612