Trending
Prev Story
Next Story

वेलनेस पर्यटनमा १५ हजार रोजगारी, अब विदेशी पर्यटकमा नजर

Ekantipur •
September 20, 2026 • 12:04 PM
2
2 reads 0 reactions

नेपालमा स्पा तथा वेलनेस पर्यटनलाई उच्च मूल्यका पर्यटक आकर्षित गर्ने नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्न लगानी, पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

वेलनेस पर्यटनमा १५ हजार रोजगारी, अब विदेशी पर्यटकमा नजर

नेपालमा स्पा तथा वेलनेस पर्यटनलाई उच्च मूल्यका पर्यटक आकर्षित गर्ने नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्न लगानी, पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

काठमाडौँ — नेपालमा स्पा तथा वेलनेस पर्यटनलाई उच्च मूल्यका पर्यटक आकर्षित गर्ने नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्न लगानी, पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

उनीहरूले हिमालय, आयुर्वेद, योग, ध्यान, आध्यात्मिकता, प्रकृति र नेपाली आतिथ्यलाई एकीकृत गरेर नेपालले आफ्नै पहिचानको वेलनेस गन्तव्य विकास गर्न सक्ने बताएका हुन् । शुक्रबार काठमाडौंको ठमेलमा ‘वेलनेस इन्भेस्टमेन्ट समिट २०२६’ कार्यक्रममा लगानीकर्ता, पर्यटन व्यवसायी, वेलनेस तथा स्पा क्षेत्रका विज्ञ, सरकारी अधिकारी र अन्तर्राष्ट्रिय पर्यटन संस्थाका प्रतिनिधिले नेपालमा वेलनेस पर्यटनको सम्भावना र लगानीका अवसरबारे छलफल गरेका थिए ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबले नेपालले वेलनेस पर्यटनमा विदेशी लगानी आकर्षित गर्न सक्ने सम्भावना रहेको बताइन्। उनका अनुसार पर्यटकको यात्रा गर्ने शैली परिवर्तन हुँदै गएको छ र अब उनीहरू केवल दृश्यावलोकन वा साहसिक गतिविधिका लागि नभई स्वस्थ जीवनशैली, मानसिक शान्ति, प्रकृति र व्यक्तिगत अनुभवका लागि पनि यात्रा गर्न थालेका छन् ।

नेपालले थाइल्यान्ड, भारत वा अन्य मुलुकसँग सेवाको मात्रामा प्रतिस्पर्धा गर्नुभन्दा आफ्ना मौलिक विशेषतामा आधारित उत्पादन विकास गर्नुपर्ने उनको भनाइ थियो। हिमालय, आयुर्वेद, योग, आध्यात्मिकता र प्राकृतिक वातावरणलाई अन्तर्राष्ट्रियस्तरको सेवा तथा पूर्वाधारसँग जोड्न सके नेपालले उच्च मूल्यका पर्यटक आकर्षित गर्न सक्ने उनले बताइन् ।

उक्याबले निजी क्षेत्रले लगानीयोग्य परियोजना तयार गरेर सरकारसमक्ष ल्याउनुपर्ने र सरकारले जग्गा, पूर्वाधार, नीतिगत सहजीकरण तथा आवश्यक स्वीकृतिमा सहयोग गर्नुपर्ने बताइन्। उनका अनुसार लगानी बोर्डले विभिन्न आकारका वेलनेस तथा पर्यटन परियोजनालाई लगानीको पाइपलाइनमा ल्याउने र सार्वजनिक–निजी साझेदारीमार्फत अघि बढाउने सम्भावना खोजिरहेको छ ।

स्पा एन्ड वेलनेस एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले नेपालमा स्पा तथा वेलनेस क्षेत्रमा १५ हजारभन्दा बढी जनशक्ति संलग्न रहेको बताए। उनले नेपालमा वेलनेस पर्यटन कुनै नयाँ अवधारणा मात्र नभई परम्परागत शरीर उपचार, आयुर्वेद, जडीबुटी, योग र ध्यानसँग जोडिएको क्षेत्र रहेको बताए । पुरीले गन्तव्यमा आधारित वेलनेस रिसोर्ट, आयुर्वेद तथा होलिस्टिक उपचार केन्द्र, तालिम एकेडेमी, वेलनेस रियल इस्टेट, इको–हस्पिटालिटी र स्थानीय उत्पादनमा आधारित आपूर्ति शृंखला विकासमा लगानीको सम्भावना रहेको बताए ।

ट्रान्क्विलिटी स्पाका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले नेपालमा स्पा व्यवसायको बजार पछिल्लो दुई दशकमा निकै परिवर्तन भएको बताए। सन् २००७ मा ट्रान्क्विलिटी स्पा सुरु गर्दा करिब ९० प्रतिशत ग्राहक विदेशी र १० प्रतिशत नेपाली रहेकोमा अहिले यसको अवस्था उल्टिएको उनले बताए। अब विदेशी पर्यटकलाई लक्षित गर्दै नेपाललाई वेलनेस गन्तव्यका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

फैजुका अनुसार ट्रान्क्विलिटीले काठमाडौं उपत्यकाबाहिर भैरहवामा सेवा विस्तार गरिसकेको छ भने विराटनगर र भरतपुरलगायतका क्षेत्रमा पनि विस्तारको तयारी भइरहेको छ। उनले शहरमा मात्र नभई पहाडी तथा अन्य पर्यटकीय गन्तव्यमा समेत स्पा र वेलनेस केन्द्र विस्तार गर्नुपर्ने बताए।

उनका अनुसार वेलनेस क्षेत्रको विकासले स्थानीय उत्पादन र रोजगारीलाई पनि जोड्न सक्छ। ट्रान्क्विलिटीको सेवामा प्रयोग हुने ठूलो हिस्सा स्थानीय स्रोतबाटै लिइने उनले बताए ।

कार्यक्रममा आयुर्वेदलाई वेलनेस पर्यटनको प्रमुख उत्पादनका रूपमा विकास गर्न सकिनेमा पनि जोड दिइयो । वक्ताहरूले आयुर्वेदलाई केवल जडीबुटी वा मसाजका रूपमा बुझ्न नहुने भन्दै व्यक्तिगत परामर्श, खानपान, जीवनशैली, निद्रा, तनाव व्यवस्थापन र स्वस्थ जीवनशैलीसँग जोडेर पर्यटकीय अनुभवका रूपमा विकास गर्न सकिने बताए ।

आयुर्वेदमा पर्यटकको प्रकृति र आवश्यकताअनुसार खानपान तथा जीवनशैली सिफारिस गर्न सकिने भएकाले व्यक्तिगत आवश्यकतामा आधारित ‘वेलनेस जर्नी’ विकास गर्न सकिने उनीहरूको भनाइ थियो। नेपालमा पञ्चकर्म, योग तथा आयुर्वेद रिट्रिट, तनाव व्यवस्थापन, डिटक्स, निद्रा सुधार, पदयात्रीका लागि रिकभरी कार्यक्रम तथा हिमालयन हिलिङ जर्नीजस्ता उत्पादन विकास गर्न सकिने प्रस्ताव गरिएको छ ।

वर्ल्ड टुरिज्म नेटवर्कका अध्यक्ष जुर्गेन स्टाइनमेट्जले पनि नेपालले सगरमाथा र साहसिक पर्यटनभन्दा बाहिर वेलनेस पर्यटनको सम्भावना खोज्नुपर्ने बताए। उनका अनुसार विश्वका पर्यटक अहिले मानसिक शान्ति, ध्यान, प्रकृति, स्वस्थ जीवनशैली, आध्यात्मिकता र व्यक्तिगत पुनःस्थापनासँग जोडिएका अनुभव खोजिरहेका छन् ।

उनले नेपालसँग हिमालय, लुम्बिनी, पशुपतिनाथ, योग, ध्यान, आयुर्वेद, जैविक विविधता र प्राकृतिक वातावरणजस्ता वेलनेस पर्यटनका आधार रहेको बताए। तर यी स्रोतलाई अलग–अलग रूपमा प्रचार गर्नुको सट्टा एउटै गन्तव्य अनुभवमा जोड्नुपर्ने उनको भनाइ थियो ।

पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा समिटका संयोजक दीपक राज जोशीले नेपालले अहिलेसम्म आफूसँग भएका पर्यटन उत्पादन बेच्दै आएको भए पनि अब विश्वका पर्यटकले खोजिरहेको अनुभवअनुसार उत्पादन विकास गर्नुपर्ने बताए। उनका अनुसार नेपालले वेलनेस पर्यटनका लागि आवश्यक प्राकृतिक तथा सांस्कृतिक सम्पत्ति भए पनि त्यसलाई वास्तविक गन्तव्य बनाउन लगानी आवश्यक छ ।

जोशीले हिमालय, वन, सम्पदा बस्ती र आध्यात्मिक गन्तव्यमा वेलनेस रिट्रिट तथा रिसोर्ट विकास गर्न सकिने बताए। योग, ध्यान, आयुर्वेद, प्रकृति, संस्कृति र आतिथ्यलाई एकीकृत गरेर उच्च मूल्यका पर्यटकका लागि अनुभव निर्माण गर्न सकिने उनको भनाइ थियो । नेपालले बाली, थाइल्यान्ड, भारतको केरला वा श्रीलंकाको प्रतिलिपि बन्नुभन्दा आफ्नै विशेषतामा आधारित वेलनेस उत्पादन विकास गर्नुपर्ने उनले बताए। हिमाली उचाइ, प्रकृति, आध्यात्मिकता र साहसिक पर्यटनसँग जोडिएको वेलनेस नेपालका लागि फरक पहिचान बन्न सक्ने उनको भनाइ थियो ।

समिटमा रक्षा सचिव इन्दु घिमिरेले नेपालले वेलनेस पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५ अघि सारेको बताइन्। उनका अनुसार रणनीतिमा पाँच प्रमुख उद्देश्यअन्तर्गत ३७ वटा रणनीति समेटिएका छन् ।

गन्तव्यलाई थप प्रतिस्पर्धी बनाउनेदेखि सेवा र गुणस्तरका मापदण्ड निर्धारण, आवश्यक दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको वेलनेस पर्यटनको प्रचार–प्रसारसम्मका विषयलाई रणनीतिले समेटेको उनले बताइन्। रणनीति तयार गर्नु मात्रै पर्याप्त नहुने भन्दै घिमिरेले त्यसमा तय गरिएका योजना र कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके नेपालले विश्वको वेलनेस पर्यटन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउन सक्ने बताइन् ।

कार्यक्रममा नेपाल सरकारले सन् २०२७ लाई वेलनेस वर्षका रूपमा अघि बढाउने तयारीलाई अवसरका रूपमा प्रयोग गर्दै आगामी वर्षहरूमा लगानी, नीति, पूर्वाधार र गुणस्तर मापदण्डमा काम गर्नुपर्नेमा जोड दिइएको थियो। वक्ताहरूले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर वेलनेस पर्यटनलाई पर्यटनको नयाँ र उच्च मूल्य सिर्जना गर्ने क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड, वर्ल्ड टुरिज्म नेटवर्क, टुरिज्म इन्फर्मेसन नेपाल, ट्रान्क्विलिटी स्पा र यूके इन्टरनेसनल डेभलपमेन्टको सहकार्यमा शुक्रबार काठमाडौंको ठमेलमा ‘वेलनेस इन्भेस्टमेन्ट समिट २०२६’ आयोजना गरिएको थियो। कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय पर्यटन संस्थाका प्रमुखहरू भर्चुअल माध्यमबाट पनि सहभागी भएका थिए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल फर्किंदै, पर्यटन व्यवसाय लयमा

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल फर्किंदै, पर्यटन व्यवसाय लयमा

रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ...

#पर्यटन #पर्यटक
Compare →
Bizshala
2d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटन #पर्यटक
Compare →
Onlinekhabar
23h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →
Nagarik News
1d ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक
Compare →

Related Stories

Business & Economy
Build #2612