Trending
Prev Story
Next Story

काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

Onlinekhabar •
November 15, 2026 • 02:01 AM
3
3 reads 0 reactions

‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे ।’ यसो भन्दा कसको कान ठाडो हुँदैन ? कसको मनमा ढ्याङ्ग्रो बज्दैन ? अपवाद …

काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे ।’ यसो भन्दा कसको कान ठाडो हुँदैन ? कसको मनमा ढ्याङ्ग्रो बज्दैन ?

अपवाद होइनन् नि हर्क साम्पाङ । उनको पनि त आममान्छेको जस्तै मांसपिण्डले निर्मित शरीर हो । त्यहाँभित्र मन छ, त्यहाँभित्र मुटु छ । उनको कानले सुने वा सामाजिक सञ्जालमा देखे, ‘जल्दो बल्दो कलाकारलाई दिनदहाडै प्रहरीले उठाएर लगे ।’

यति कुरा सुनेपछि हर्क साम्पाङ चुप लागेर बस्छन् त ? उनको धैर्यको बाँध टुटिहाल्यो । अन्ततः उनले उही आफ्नो खरानी पृष्ठभूमिको फेसबुक टाइमलाइनमा लेखिहाले, ‘गौरी मल्ल, मनोज गजुरेल आदिलाई किन पक्रेको ?’ उनले यसमा चासो मात्र व्यक्त गरेनन् । बालेन सरकारलाई जवाफदेही बनाउन प्रश्न गरे, ‘जवाफ दे सरकार ।’

तर के जवाफ दिनु ? यसको कुनै जवाफ नै त थिएन । किनभने यो ‘काकाकिकी’ नामको फिल्म टिमले अपनाएको फन्डा थियो । ट्रेलर सार्वजनिकलाई धमाकेदार बनाउन कसैले अपनाएको जुक्ति थियो । फिल्म हो, फिल्मी शैली त अपनाउनै प¥यो ।

फिल्ममा कन्टेन्टभन्दा प्रचार बढी गर्ने जुन शैली छँदैछ । ‘बोल्नेको पीठो बिक्छ’ भन्ने उखान सुन्दै आएका फिल्म निर्माण टिम यो गुरुमन्त्रबाट किन पो पछि हट्थे र ? उनीहरूले ठूलै हल्लीखल्ली मच्चाउन यस्तो कोरियोग्राफी गरिदिए । ‘उल्लु बनाया, बडा मज्जा आया’ भने जसरी उनीहरूले सामाजिक सञ्जालमा ठूलै हल्लीखल्ली मच्चाइदिए ।

हर्क साम्पाङले आफूमाथि ‘अप्रिल फूल’ भएको धेरै पछि मात्र बुझेछन् । अनि त उनलाई बालेन सरकार होइन, फिल्म निर्माण टिमप्रति झोँक चलेछ । उनले पहिलो स्टाटस सर्लक्क मेटाए र दोस्रो स्टाटस लेखे, ‘गौरी मल्ल पक्राउ परेको छ्यापछ्याप्ती मिडियामा आयो । मैले सरकारलाई प्रश्न सोधें ।

केही घण्टापछि होइन, युट्युबमा अपलोड गरेको भनियो । त्यतिका पत्रकारका हूलले क्यामेरामा सुट गरे । अब भन्नुस्, प्राङ्कले जीवन चल्छ ? यो किसिमको हर्कतको सहारा लिएर बनाएको सामग्री कस्तो होला ? त्यो हाइटको नायिकाको यो खाले हर्कत ! अब गौरी मल्ल र त्यो टिमले जवाफ दिने कि नदिने ?

हर्क साम्पाङले जवाफ पनि यसरी मागिरहेका छन्, मानौँ उनी कक्षा एकका शिक्षक हुन् ।

हर्क सर, राजनीतिमा जस्तै फिल्ममा पनि लप्पनछप्पन चल्छ नि । नभए त करोडको लगानी कहाँबाट उठाउने ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
हर्क साम्पाङको प्रश्न : आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?

हर्क साम्पाङको प्रश्न : आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को जिम्मेवारीबाट हटाएर नयाँ आईजीपी नियुक्त गरिएको विषयमा प्रश्न गरेका छन्।

#हर्क #साम्पाङ
Compare →
Hamro Patro News
1w ago
सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्। झापाको मेचीनगर-६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अ...

#हर्क #साम्पाङ
Compare →
Ekantipur
1d ago
हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।

#हर्क #साम्पाङ
Compare →

Related Stories

World News
Build #2612