Trending
Prev Story
Next Story

सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान

Ekantipur •
November 14, 2026 • 04:32 PM
3
3 reads 0 reactions

पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान

पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले सिद्धियो भन्ने भाष्य चिर्नसमेत आन्दोलन र निर्वाचन दुवै मोर्चाबाट पार्टीको शक्ति प्रदर्शन गर्नुपर्ने ओलीले बताएका छन् ।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकारका गतिविधिले मुलुकलाई असंवैधानिक बाटोतर्फ लगेको टिप्पणी गरे । उनले आन्दोलनका लागि तयार रहँदै पार्टीका सबै जनवर्गीय तथा पेसागत संगठनलाई परिचालन गर्न निर्देशन दिए । ‘आन्दोलनका लागि तयार हुनुहोस् । एमाले सिद्धियो भन्ने पारिएको छ । होइन भन्ने देखाउनुपर्छ,’ उनले भने, ‘एमाले सही विचार भएको सबैभन्दा संगठित, प्रभावशाली र कर्मठ पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचनबाट देखाउनु छ ।’

ओलीले वर्तमान सरकारको उत्पत्ति नै आगजनी र लुटपाटबाट भएकाले सुशासनको अपेक्षा गर्न नसकिने बताए । सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो । छानबिन समिति गठन र सरकारी निर्णय प्रक्रियासमेत मनोमानी ढंगले अघि बढाइएको टिप्पणी उनले गरे ।

आफूलाई पक्राउ गरिएको घटनालाई ओलीले पूर्वाग्रह, प्रतिशोध र अहंकारबाट प्रेरित भनेका छन् । सरकारको निर्देशनमा पक्राउ गर्न खटिएको भन्दैमा प्रहरीले मर्यादा र व्यावसायिकता बिर्सन नहुने उनको भनाइ थियो । प्रहरी संगठनभित्रै कोही लाभको खेलमा लागेको र कोही त्यसलाई हेरेर बसिरहेको टिप्पणी उनले गरे ।

‘फिक्सर’ इनम सापकोटाको प्रसंग निकाल्दै ओलीले उनको चलखेलमा सरकारी पक्षकै संलग्नता देखिएको आरोप लगाए । ओलीले प्रतिनिधिसभा विघटन र त्यसपछिको निर्वाचन प्रक्रियालाई पनि असंवैधानिक कदमको निरन्तरताका रूपमा व्याख्या गरे । असंवैधानिक प्रधानमन्त्रीको व्यक्तिगत सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको र त्यसलाई क्रान्ति तथा आन्दोलनको नाम दिन निर्वाचनको मञ्चन गरिएको उनको आरोप थियो । ‘असंवैधानिक ढंगले संसद् विघटन गरियो । त्यसलाई मान्यता दिन, आन्दोलन भन्नका लागि चुनाव गरियो । बलिदान गरेर आएका नेताहरूको चरित्र हत्या गर्न सिकाइयो,’ उनले भने ।

ओलीले पछिल्लो निर्वाचनमा राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोपसमेत लगाए । भौतिक कुटपिट, गोली प्रहार वा ढुंगा हान्ने काम नभए पनि राज्य संयन्त्रको प्रयोग गरेर मनोवैज्ञानिक आतंक सिर्जना गरिएको उनको भनाइ थियो । गत फागुनको प्रतिनिधिसभा निर्वाचनलाई स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिन नसकिने ओलीले बताए ।

बैठकमा ओलीले पार्टीभित्रको अनुशासन र निष्ठाको विषयलाई पनि जोड दिए । पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न उनले निर्देशन दिए । ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ । पार्टीमा बस्ने तर भोट बदल्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन । भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ उनले भने ।

पार्टीमा रहने तर निर्वाचनमा अन्य दलका उम्मेदवारलाई सघाउने प्रवृत्ति स्वीकार्य नहुने ओलीले बताए । ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस् । स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइए कारबाही गरिहाल्नुहोस्, उनले भने । पार्टीभित्र बेइमानी गर्नेहरूलाई कारबाही नगरे एमाले बेइमानहरूको झुन्ड बन्ने उनको भनाइ थियो ।

ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई पार्टीका लागि मात्र नभई राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग जोडेर तयारी गर्नुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने र प्रदेशसभा सदस्यको पनि राष्ट्रपति निर्वाचनमा भूमिका रहने भएकाले यी निर्वाचनबीच अन्तरसम्बन्ध रहेको उनको भनाइ थियो । ‘अब आउने स्थानीय र प्रदेश निर्वाचन एउटा निर्वाचनसँग मात्रै सम्बन्धित छैन, त्यसको सम्बन्ध अर्को निर्वाचनसँग पनि जोडिएको छ । यसमा ध्यान दिएर योजनाबद्ध ढंगले लाग्नुपर्छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी राजनीतिक आन्दोलन र निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। शनिबार एमाल...

#केपी-ओली #कार्यकर्ता #आन्दोलन
Compare →
Bizshala
1d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#कार्यकर्ता #ओली
Compare →
Onlinekhabar
2d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन #सरकारविरुद्ध
Compare →
Nagarik News
3h ago
महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो

महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो

नेकपा एमालेका सचिव महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारको कार्यकालमा ३ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भई नेपाल लोडसेडिङमुक्त भएको दाबी गरेका छन्।

#केपी-ओली #ओली
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612