काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बिहीबार जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक गतिविधि मानवता र मानवीय मूल्य(मान्यता विपरीत रहेको उल्लेख गरिएको छ । कांग्रेसले यस्ता घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै नेपाल सम्बन्ध नै नरहेको बाह्य द्वन्द्वमा नेपाली नागरिकले अनाहकमा जीवन गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको बताएको छ ।
Read full story at source ( ratopati.com )