डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।
विसं १८४७ मा निर्माण गरिएको डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो । नेपाल एकीकरणका क्रममा बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रमा सैनिक गतिविधि सञ्चालन गर्न यस किल्लालाई महत्त्वपूर्ण आधारका रूपमा प्रयोग गरेका थिए । महाकालीपारिका कुमाउँ र गढवाल क्षेत्रसम्मको विजय अभियानमा समेत यसको रणनीतिक भूमिका रहेको थियो ।
ढुंगा, माटो र काठ प्रयोग गरी निर्माण गरिएको किल्लाको बनोट तत्कालीन सैन्य वास्तुकलाको नमुना मानिन्छ । किल्लाभित्र सैनिक बस्ने गुफा, सुरक्षाका लागि बनाइएका संरचना तथा प्राचीन उग्रभैरव मन्दिर छन् ।
किल्लाको प्रवेशद्वारमा २०८१ सालमा अनावरण गरिएको बडाकाजी अमरसिंह थापाको पूर्णकदको सालिक राखिएको छ । ऐतिहासिक महत्त्व बोकेको यस किल्लाको संरक्षण, पुनर्निर्माण र पर्यटकीय विकासका लागि विभिन्न सरकारी निकायबाट प्रयास हुँदै आएका छन् ।
नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।