Trending
Prev Story
Next Story

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

Ekantipur •
November 14, 2026 • 07:32 AM
3
3 reads 0 reactions

एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ ।

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ ।

वीरगन्ज — वीरगन्ज कारागारमा यस वर्ष २० कैदीबन्दीले छठ पर्व मनाउँदै छन्। विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन्।

कारागारका निमित्त जेलर देवनाथ साहका अनुसार कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाइएको हो। महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिएको उनले बताए। कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ पर्व मनाउन कुनै रोकटोक नगरिएको साहले जानकारी दिए।

कैदीबन्दीलाई यो पर्व मान्न सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराउँदैन ।

यसैबीच, रुङ्टा वेलफेयर सोसाइटीले छठ पर्व मनाउन लागेका कैदीबन्दीलाई आवश्यक सामग्री सहयोग गरेको छ। संस्थाले उनीहरूलाई पिठो र सारी उपलब्ध गराएको हो। कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
52m ago
वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ ...

#कैदीबन्दी #कारागार #मनाउन
Compare →
Nagarik News
2d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#कारागार #वीरगन्ज
Compare →
Onlinekhabar
4h ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#पर्व #मनाउन
Compare →

Related Stories

Technology
Build #2612