Trending
Prev Story
Next Story

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

Nagarik News •
November 14, 2026 • 07:44 AM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

उनले जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा छठ पर्वको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। शनिबार जनकपुर पुगेपछि उनले जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन गर्ने र पार्टीका नेता-कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ।

आइतबार उनले मधेश प्रदेशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गर्नेछन्। सोही दिन दिउँसो ३ बजे गंगासागरमा हुने छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यस्तै, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि लामिछाने जनकपुरबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहले जानकारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०८३ १३:२९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#रवि-लामिछाने #मनाउन #पर्व
Compare →
Hamro Patro News
2h ago
गंगासागरमा रवि लामिछानेको छठ तयारी, जनकपुरमा दुई दिन धार्मिक र राजनीतिक कार्यक्रम

गंगासागरमा रवि लामिछानेको छठ तयारी, जनकपुरमा दुई दिन धार्मिक र राजनीतिक कार्यक्रम

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसपटक छठ पर्व मनाउन जनकपुरधाम पुग्दै छन्। मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ मनाउन उनी पत्नी निकिता पौडेलसहित ऐतिह...

#रवि-लामिछाने #मनाउन #पर्व
Compare →
Ekantipur
1h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612