गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो ।
शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो । शुक्रबार अध्यक्षस्तरीय निर्णयबाट जात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
शिवनाथ जात्रामा स्थानीयवासीको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बिदाका दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।
प्रसिद्ध शिवनाथ धाममा हरेक वर्ष कात्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्छ । उक्त जात्रामा बैतडीसहित छिमेकी जिल्ला डडेल्धुरा तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।