काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा ५ पुरुष, ३ महिला र २ बालिका गरी १० जनाको ज्यान गएको हो।
बिहीबार बिहान करिब ६:१० बजे १५ जना सवार रहेको अनुमान गरिएको उक्त गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो। यस दुर्घटनामा परि ३ पुरुष र २ बालक गरी ५ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )