Trending
Prev Story
Next Story

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा र बेचन झा थुनामुक्त

Ekantipur •
July 15, 2026 • 05:53 PM
1
1 reads 0 reactions

प्रतीक थापा अदालतबाट सफाइ पाएर छुटेका हुन् भने बेचन झा तोकिएको कैद अवधि पूरा भइसकेकाले थुनामुक्त भएका हुन्

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा र बेचन झा थुनामुक्त

प्रतीक थापा अदालतबाट सफाइ पाएर छुटेका हुन् भने बेचन झा तोकिएको कैद अवधि पूरा भइसकेकाले थुनामुक्त भएका हुन्

काठमाडौं — नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरिएको प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतीक थापा कारागारबाट छुटेका छन् ।

झा तोकिएको कैद अवधि पूरा गरिसकेका कारण छुटेका हुन् भने थापा अदालतले सफाइ दिएपछि कारागारमुक्त भएका हुन् । केन्द्रीय कारागार, सुन्धाराका जेलर कृष्ण चापागाईंका अनुसार, जिल्ला अदालत काठमाडौंको पत्रका आधारमा झा बिहीबार छुटेका हुन् भने थापा एक साताअगाडि नै छुटेका हुन् ।

झालाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने आदेश सुनाएको थियो । तर उनी झण्डै २ वर्ष कारागार बसिसकेका छन् ।

थापालाई चाहिँ अभियोग दाबी नपुग्ने भन्दै अदालतले सफाइ दिएको थियो । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरासमेत हुन् । उनी १४ असार २०८१ मा काठमाडौंबाट पक्राउ परेका थिए ।

झालाई प्रहरीले कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएकामा अनुसन्धान गरी उनीविरुद्ध २९ साउन २०८१ मा पूरक मुद्दा दायर गरेको थियो ।

भुटानबाट विस्थापित भएर नेपाल छिरेका शरणार्थी सन् १९९० को दशकमा झापा र मोरङमा आएर बसोबास गरेका थिए । शिविरमा बसेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया, जर्मनी, न्युजिल्यान्ड, फिनल्यान्ड, क्यानाडालगायत मुलुक पठाइएको थियो ।

तेस्रो मुलुक पुनर्वासमा नगइ नेपालमा बाँकी रहेका करिब ६ हजार ५०० शरणार्थी व्यवस्थापन गर्ने गरी सरकारले अध्ययन कार्यदल गठन गरेको थियो । त्यसले तयार पारेको प्रतिवेदनलाई नै कीर्ते गरेर गिरोहले नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयास गरेको थियो ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरण : एकाबिहानै रिहा भए टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरण : एकाबिहानै रिहा भए टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहानै डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्ष उम...

#कैद #नक्कली #भुटानी
Compare →
Nagarik News
1d ago
सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

#भुटानी #शरणार्थी #प्रकरण
Compare →

Related Stories

National (Nepal)
Build #2611