सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्। बिहीबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लाग्दा घरमै बसिरहेका दुई जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार साँझ करिब ६ः३० बजे परेको चट्याङले स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर खाँदबारी–४ मा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )