Trending
Prev Story
Next Story

चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

Onlinekhabar •
November 12, 2026 • 12:30 AM
1
1 reads 0 reactions

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् । बिहीबार साँझ करिब साढे …

चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् ।

बिहीबार साँझ करिब साढे ६ बजे परेको चट्याङले स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी–४ मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका गणेशप्रसाद गुरुङको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सबिन गुरुङको बायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारीमा ल्याइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते

सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्। बिहीबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लाग्दा घरमै बसिरहेका दुई जना घाइते भएका हुन्। जिल्ला प्...

#चट्याङ #घाइते #लागेर
Compare →
Ekantipur
1d ago
संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।

#चट्याङ #घाइते
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2611