Trending
Prev Story
Next Story

कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते

Onlinekhabar •
November 12, 2026 • 02:00 AM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए …

कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते

२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्

घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी हस्पिटल पुर्‍याइएक थियो ।

कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अमनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उपचारको क्रममा आज बिहान पौने ३ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा-२३ का १४ वर्षीय अमित सुनार रहेका छन् ।

यसैगरी घाइते हुनेमा १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका ...

#जिप #मृत्यु #पोखरा
Compare →
Ekantipur
11h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2611