Trending
Prev Story
Next Story

कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

Onlinekhabar •
November 11, 2026 • 04:00 PM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई 'पाखण्डीपन' भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा …

कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।

टर्कीको पर्यटकीय सहर अन्टाल्यामा जारी कोप३१ सम्मेलनमा मङ्गलबार पुगेपछि थनबर्गले यस्तो टिप्पणी गरेकी हुन्।

‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो। हामीलाई थाहा छ कि यी वार्ताहरू लबिस्टहरूले भरिएका हुन्छन्, जसलाई हाम्रो अत्यन्त हिंसक यथास्थितिबाट फाइदा लिइरहेका विनाशकारी उद्योगहरूले पैसा तिरेका हुन्छन्,’ थनबर्गले भनिन्, ‘हाम्रो राजनीतिक र आर्थिक प्रणाली मानव प्रकृतिसँग मेल नखाने भइसकेका छन्।’

यो वार्ता यस्तो समयमा भइरहेको छ, जहाँ विश्वले विगत एक वर्षमा लू र बाढीजस्ता ज्यानमारा जलवायुजन्य विपद्हरू तथा इरानमाथि अमेरिका-इजरायल युद्धका कारण उब्जिएको अर्को ऊर्जा सङ्कटको सामना गरिरहेको छ।

कोप३१ का सह-आयोजकहरू टर्की र अस्ट्रेलियाले नवीकरणीय ऊर्जा र रुफटप सोलार जडानलाई प्रवर्द्धन गरिरहेका छन्, तर दुवै देश अझै पनि विद्युत् उत्पादनका लागि जीवाश्म इन्धन, विशेषगरी कोइलामा धेरै निर्भर छन्। यसअघिका आयोजक राष्ट्रहरू ब्राजिल, संयुक्त अरब इमिरेट्स र अजरबैजान प्रमुख तेल उत्पादक हुन्।

जलवायु परिवर्तनले सबै कुरालाई खतरामा पारिरहेको बताउँदै थनबर्गले चेतावनी दिइन्, ‘हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्।’

उनले भनिन्, ‘केही सीमित भाग्यमानीहरूले अकल्पनीय नाफा कमाइरहन र भूराजनीतिक शक्ति कायम राख्नका लागि हामी सबै बाँचिरहेको यो पृथ्वी र विश्वको बहुसङ्ख्यक आवादीलाई निरन्तर बलिदान गर्नुको सट्टा, हामीले मानिसहरूको रक्षा र हितका लागि काम गर्नुपर्छ।’

थनबर्ग सन् २०१८ मा १५ वर्षको उमेरमा स्विडेनको संसद्बाहिर एक्लै जलवायुका लागि विद्यालय हडताल सुरु गरेपछि चर्चामा आएकी थिइन्।

स्कटल्यान्डको ग्लासगोमा सन् २०२१ मा भएको वार्तापछि उनी सहभागी भएको अन्टाल्या शिखर सम्मेलन पहिलो हो। ग्लासगोमा उनले विश्वका नेताहरूका वाचाहरूलाई ‘ब्ला, ब्ला, ब्ला’ भन्दै खारेज गरेकी थिइन्।

उनले ‘फ्री प्यालेस्टाइन’ आन्दोलन लगायत अन्य मुद्दाहरूमा पनि अभियान चलाएकी छन् र हालै विद्यालयमा थप स्रोतसाधनको माग गर्दै प्रदर्शन गरिरहेका फ्रान्सेली विद्यार्थीहरूलाई समर्थन गरेकी थिइन्।

अन्टाल्यामा उनको आगमनले कोप३१ मा थप जलवायु वित्तको माग गरिरहेका धेरै युवा जलवायु कार्यकर्ताहरूमाझ उत्साह छाएको छ।

एलायन्स अफ स्मल आइल्यान्ड स्टेट्सकी २६ वर्षीया फेलो एम्बर टर्नरले द एसोसिएटेड प्रेस समाचार एजेन्सीसँग भनिन्, ‘मलाई आशा छ कि यहाँ ग्रेटाको उपस्थितिले हामीलाई यो काम किन सुरु गरेका थियौँ भन्ने कुराको स्मरण गराउँछ : अर्थपूर्ण परिवर्तनका लागि दबाब दिन, निर्णयकर्ताहरूलाई जबाफदेही बनाउन र सम्पूर्ण मानवताको राम्रो भविष्यका लागि काम गर्न।’

सिङ्गापुरकी युवा वातावरणविद् चियुन वूले थनबर्गको शक्तिशाली उपस्थितिले ‘यी वार्ताहरूको परिणाम भोग्ने पुस्ताको आवाजलाई थप बल पुर्‍याउने’ बताइन्।

कोप३१ सम्मेलन अन्टाल्यामा नोभेम्बर २० सम्म चल्नेछ। अर्को वर्षको संस्करण, कोप३२, नोभेम्बर २०२७ मा इथियोपियाको राजधानी अदिस अबाबामा आयोजना हुने तय भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

#जलवायु #कोप
Compare →
Nagarik News
7h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #कोप
Compare →
Ekantipur
8h ago
कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

#जलवायु #कोप
Compare →
Bizshala
12h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →

Related Stories

World News
Build #2612